
”युथ कम्युनिटी क्लब” नेपालमा क्रियाशिल युवा व्यावसायीहरुद्दारा स्थापित गैर नाफामुलक संस्था हो । जिल्ला प्रशासन कार्यालय कास्कीमा मिति २०७६/०८/०२ गते दर्ता न ४१८४ मा दर्ता भई पोखरामा क्रियाशिल रहेको छ।
यस संस्थाको मुख्य लक्ष्य देशभित्र विभिन्न स्थानमा छरिएर व्यवसाय गरि बसिरहेक युवाहरुलाई एकै ठाउँमा संगठित गर्नु हो । युवा व्यवसायीहरु एक अर्का बीच “साथ,सहयोग र सहकार्य”, आवश्यकता अनुसार तालिम,गोष्ठी,सेमिनार र फेलोशिप्स मार्फत सफल उद्यमीहरू उत्पादन गर्नु यस संस्थाको मुख्य उदेश्य रहेको छ । यसै गरी सस्थामा आवद्द सदस्यहरुलाई उद्यमी र व्यापारमा प्रभावकारी बनाई बजारमा व्यापार प्रवद्दन गरि मिलेर व्यवसाय गर्न हैसला हैसला प्रदान गरिने रहेको छ ।
सस्थामा आवद्द सदस्यहरुमा एक अर्का बीच बिचार विमर्श , मित्रता कायम,दैविक प्रकोप,व्यावसायमा छुटको व्यावस्था र घातक रोग जस्ता भैइपरी आइपर्ने समस्या बीच संस्थाको तर्फबाट र सदस्यहरु बीचबाट आर्थिक र मानविय सहायता तर्फ अगाडी बढ्ने जस्ता कार्यहरु गरिने छ । व्यवसायी सदस्यहरु बीच रहेका आफ्ना ज्ञान,सीप,क्षमता अभिबृद्धिका लागी सधै तत्पर र क्रियाशिल रहने छ । जोखीमको निवारणको लागी बिमाको व्यवस्था गरिनेछ । यस क्लबको मुख्य ल्स्कय देशभित्र विभिन्न स्थानमा छरिएर व्यवसाय गरि बसिरहेको युवाहरुलाई एकै ठाउँमा ल्याउनु हो ।
स्थापना काल देखी पोखरामा संस्थाको सफल सुरुवात पछि अब नेपाल अधिराज्य भरी क्लबको शाखा विस्तार गरि क्लबको उद्धेश्यलाई सबै युवाहरुलाई प्रभावकारी तरीकाबाट महशुस गराई नेपालमै व्यवसाय सुरु गरी बिदेश पलाएनको बृद्धिदरलाई कम गर्ने र राष्ट्र निर्माणमा थप इट्टा थप्ने गरी क्रियाशिल तहने छा ।
यस क्लवमामा २० बर्ष देखि ४५ बर्ष सम्ममा नेपाली नागरिकले सदस्यता लिन पाउनेछ । यसको लागी देहाए बमोजिमका नियमहरु रहेको छ ।
१ आफैले व्यवस्याय सुरु गरी सञ्चालन गरिरहेको हुनुपर्नेछ । २ अथवा नेपाल अधिराज्य भर कुनै न कुनै सस्थामा रोजगारमा आवद्द भएको हुनुपर्नेछ ।
३ नेपालमै व्यवसाय गर्न योजना भएको वा वैदेशिक रोजगारीवाट फर्कि नेपालमै व्यवसाय गर्ने योजना हुनुपर्नेछ ।
४ सस्थामा आबद्धभएपछि व्यवसायलाई सबल बनाउने ,असफलतालाई सफलतामा पुर्याउने , एक अर्कालाई विश्वास र सम्मान गर्नेछौ ।
हामि बिकासलाई निरन्तरता दिनेछौ ।हामि नया“ नया“ कुरालाई सजिलो तरिकाबाट पुरा गर्नेछौ र हामि परिवर्तन भई देशको बिकासको बाटोमा पु¥याउने छौ प्रयास गर्नेछौ