
चलचित्र ‘सेन्टी भाइरस’का पोष्टरहरु पोखराका विभिन्न क्षेत्रमा चल्ने ट्याक्सीहरुमा टासिए
नेपाली कथानक चलचित्र ‘सेन्टी भाइरस’का पोष्टरहरु पोखराका विभिन्न क्षत्रमा चल्ने ट्याक्सीहरुमा टासिएको छ । प्रा.लि.का अध्यक्ष प्रकाशमणि तिवारीले चलचित्रको प्रचारप्रसारमा सघाउने उद्देश्यले पोस्टरहरु निःशुल्क टाँसिएको जानकारी दिए । धुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्धाणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माणमा सहयोग गर्ने उद्देश्यले यो चलचित्र बनाइएको हो । पोखरा...Read More
चितवनको भरतपुर फुलवारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
चितवनको भरतपुर महानगरपालिका–१५ फूलबारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय रामप्रसाद दुवाडी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। फूलबारीबाट मङ्गलपुरतर्फ जाँदै गरेको बा१क ६२५५ नम्बरको को ट्रकले विपरीत दिशाबाट आइरहेको ना५७प १९ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिएको थियो। ठक्करबाट घाइते दुवाडीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा...Read More
पेट्रोल डिजेलको भाउ घट्यो
पोखरा – नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले घटेको छ। निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ पर्नेछ। यसअघि ११० रुपैयाँ थियो। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ। पछिल्लो समय भारतबाट इन्धनको मूल्य केही कम भएर आएकाले नेपालमा मूल्य समायोजोन गरिएको निगमका कार्यकारी...Read More
पोखरा ब्रिटिश क्याम्प अगाडि भूपू गोरखा सैनिकको धर्ना
पोखरा – पोखरा बगर स्थित ब्रिटिश क्याम्प अगाडि भूपू गोरखा सैनिक र उनीहरूका परिवारले धर्ना दिएका छन् । उनीहरूले समान पेन्सन, क्षतिपुर्ती लगायतका माग राखेर मंगलबार विहानैदेखि ब्यानर, प्लेकार्ड सहित धर्नामा बसेका हुन । बेलायतका सेनाध्यक्ष आर्मी चिफ अफ जनरल स्टाफ मार्क कार्लटन स्मिथसम्म आफ्नो माग पु¥याउन धर्ना दिएका हुन । गत शनिबार काठमाडौं आइपुगेका सेनाध्यक्ष स्थिम यतिबेला पोखरा भ्रमणमा छन् ।...Read More
मंगलबार सुनचाँदीको भाउ यथावत
आज मंगलबार सुनचाँदीको भाउ घटबढ भएको छैन । आज सुन हिजो साेमबारजस्तै तोलाको ७६ हजार पाँच सय र चाँदी तोलाको ८ सय ९० मा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार बढेर तोलाको ७६ हजार ५ सय पुगेको सुनको भाउ हिजो र आज घटबढ नभएको हो । Read More
नेपाल बंगलादेशसँग १० विकेटले पराजित
तेह्रौं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा नेपाल १० विकेटले पराजित भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबार विहान भएको खेलमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको हो । यसअघी मालदिभ्ससँगको खेलमा नेपाल १० विकेटले नै बिजयी भएको थियो । १ मा हार र १ मा जित निकालेको नेपालकोबुधबारको खेलमा टस हारेर बंगलादेशले फिल्डिङ रोजेपछि पहिलो व्याटिङ गरेको नेपालले १९.२ ओभरमा...Read More
(साग) मा नेपाललाई उछिन्दै भारतको अग्रता
पोखरा- दक्षिण एसियाली खेलकूद (साग) मा नेपाललाई उछिन्दै भारतले अग्रता बनाएको छ । बुधबारसम्म नेपालले जम्मा ६९ पदक जितेको छ । जसमा स्वर्ण २९, रजत १५ र कांस्य २५ समावेश छ । यसैगरी भारत ३३ स्वर्ण, २४ रजत र १३ कांस्यसहित ७० पदक जित्दै पदक तालिकामा शीर्ष स्थानमा रहेकाे छ । यसअघि नेपालले लिड गर्दै आएकाेमा बुधबार साँझयता भारतले अग्रता बनाउँदै नेपाल दोस्राे स्थानमा रहेकाे हाे । यसैगरी तेस्रो स्थानमा...Read More
बुद्ध एयरका जहाज ल्यान्ड हुने क्रममा पछाडिको चक्कामा बँदेल ठोक्किए
पोखरा- नेपालगन्ज विमानस्थलमा जहाजसँग जंगली जनावर बँदेल ठोक्किएको छ । काठमाडौंबाट नेपालगन्ज ल्यान्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्किएको हो। जहाज ल्यान्ड हुने क्रममा पछाडिको चक्कामा बँदेल ठोक्किएको बुद्ध एयरका नेपालगन्ज प्रमुख विनित शाहले बताए । जहाजमा ठोक्किएको बँदेलको मृत्यु भएको छ। जहाज र यात्रुलाई कुनै क्षति नभएको शाहले जानकारी दिए । मंगलबार साँझ ६ः२५ बजे बुद्ध एयरको जहाज...Read More
मुख्य प्रायोजकमा एड्भान्स सिमेन्टको लेखनाथ महोत्सवलाई साथ
लेखनाथ – एड्भान्स ग्रुपको एड्भान्स सिमेन्टले १६औं संकरणको लेखनाथ महोत्सवलाईसाथ दिने भएको छ। यसपाली पनि गत वर्ष झै लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सवको मुख्य प्रायोजकमा एड्भान्स सिमेन्टले निरन्तरता दिएको हो । एड्भान्स ग्रुपका अध्यक्ष अरुण कर्णले र संघको तर्फबाट द्वितीय उपाध्यक्ष एवं प्रायोजक व्यवस्थापन संयोजक राजेन्द्र ओझाले मुख्य प्रायोजकको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । पुस...Read More