
१० दिन थपियाे लकडाउन
लकडाउनको निरन्तरता र यसको मोडालिटीबारे छलफल गर्न आइतबार अपरान्ह मन्त्रिपरिषद्को बैठकले थप १० दिनकाे लागि लक डाउन थप्ने निर्णय गरेकाे छ । अपरान्ह ५ बजे बसेकाे बैठकले लकडाउन थप्ने निर्णय गरेकाे हाे ।
सरकारले पछिल्लोपटक थपेको १२ दिने लकडाउन यही वैशाख १५ गतेे सकिदैछ । संक्रमणको जोखिम कायमै रहेको विश्लेषण गर्दै कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कम्तीमा एक साता थप्न सुझाव हिजाे दिएकाे थियाे । स्वास्थ्य मन्त्रालयले पनि एक साता लकडाउनलाई निरन्तरता दिनुपर्ने प्रस्ताव समितिमा पठाएको थियाेे ।
लकडाउनलाई राजधानीमा केही खुकुलो बनाउने दबाब आए पनि कम्तीमा अझै एक साता खकुलो बनाउन नहुने सल्लाह विज्ञहरुले समितिलाई दिएका छन् ।
सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिदै वैशाख ३ गतेसम्म लम्बाइएको थियो