
स्याङ्जा फेदीखोला गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बीमा
स्याङ्जाको फेदीखोला गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।
गाउँपालिकामा कार्यरत ३८ जना महिलालाई प्रोत्साहनस्वरुप निःशुल्क स्वास्थ्य बीमा गर्ने तयारी भएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए ।
“स्वास्थ्यका क्षेत्रमा महिला स्वयंसेविकाको योगदान महत्वपूर्ण छ” अध्यक्ष सुवेदीले भने, “उहाँहरुको योगदानलाई आगामी दिनमा थप प्रोत्साहन दिन गाउँपालिकाले आगामी हिउँदे सभाबाट निर्णय गरी सबै महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको हो ।”
फेदीखोला गाउँपालिकाले देशमै पहिलोपटक स्थानीय तहमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप वार्षिक रु आठ हजार २५० उपलब्ध गराउँदै आएको अध्यक्ष सुवेदीले बताए ।
गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर सर्वसुलभरुपमा स्वास्थ्यसेवा पु¥याउने उद्देश्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले बताए ।