
स्पेनमा कोरोनाभाइरसको संक्रमणबाट २४ घण्टाभित्र ७ सय ४८ को मृत्यु
स्पेनमा को’रोनाभाइरसको सं’क्रमणबाट २४ घण्टाभित्र ७ सय ४८ को मृ’त्यु भएको छ । यहाँ अहिलेसम्म मृ’त्यु हुनेको संख्या ८ हजार ४ सय ६४ पुगेको छ ।
एकैदिन ७ हजार ९ सय ६७ संक्र’मित थपिएपछि कूल संक्र’मितको संख्या ९५ हजार ९ सय २३ पुगेको छ । संक्र’मितमध्ये ५ हजार ६ सय ७ जनाको अवस्था गम्भीर छ ।
यद्यपि, १९ हजार २ सय ५९ जना निको भएर घरसमेत फर्किएका छन् ।
यस्तै इटलीमा कोरोनाभाइरसका कारण एकैदिन ८ सय ३७ जनाको मृ’त्यु भएको छ । यससँगै मृ’तकको संख्या अहिलेसम्म १२ हजार ४ सय २८ पुगेको छ ।
यस्तै, ४ हजार ५३ नयाँ सं’क्रमित थपिएसँगै सं’क्रमितको कूल संख्या १ लाख ५ हजार ७ सय ९२ पुगेको छ । सं’क्रमितमध्ये ४ हजार २३ जनाको स्थिती गम्भीर छ ।
यद्यपि, अहिलेसम्म १५ हजार ७ सय २९ जना निको समेत भइसकेका छन् ।
यहाँ गत जनवरी २९ मा पहिलो संक्रमण देखिएयता संक्र’मित र मृ’त्यु हुनेको सिलसिला रोकिएको छैन ।