
स्पेनका सात र फ्रान्सका एकगरी ८ नेपालीमा कोरोना भाईरस संक्रमण
फ्रान्स — स्पेनका सात र फ्रान्सका एकगरी ८ नेपालीमा कोरोना भाईरस संक्रमण भएको छ । स्पेनको बार्सिलोना निवासी सात नेपाली मध्ये एक जना गत सोमबारदेखि आईसीयूमा छन् ।
उनीसहित अन्य दुई जना बार्सिलोनास्थित हस्पिटल दे सान्त खोवान देस्पि अस्पतालमा छन्। सुरुमा रुघा खोकी लागेपछि निमोनिया होला भन्दै बसेको र स्वास्थ्य अलि खराब भएपछि अस्पताल पुग्दा चिकित्सकले कोरोना भाइरसको संक्रमण भएको पुष्टी गरी अस्पतालमै भर्ना गरेको जानकारी एनआरएनए स्पेनका पूर्व अध्यक्ष चिन्तामणी सापकोटाले दिए।
अन्य चार जना नेपाली मध्ये ३ जनलाई बार्सिलोनाकै हस्पिटल सेन्टपाउ भन्ने अस्पतालमा राखिएको छ। ती गत आठ दिनदेखि अस्पतालमा उपचारका क्रममा छन्। बाँकी एक जनामा कोरोना भाइरस पोजिटिभ भएपनि अवस्था सामान्य रहेकाले स्वास्थ्यकर्मीहरुको निगरानीमा बार्सिलोनाकै एक होटेलमा राखिएको बार्सिलोनाका पत्रकार विजय शर्मा दर्पणले टेलिफोनमा कान्तिपुरलाई बताए।
कान्तिपुरबाट साभार