
सुनसरीको इटहरीस्थित होटल बिग बारमा आगलागी,सबै सामान जलेर नष्ट
पोखरा- सुनसरीको इटहरीस्थित होटल बिग बारमा आइतबार बिहान आगलागी भएको छ ।
इटहरी उपमहानगरपालिका-६ बीरेन्द्रचोकमा रहेको किरण बुढाथोकीको होटल बिग बारमा विद्युत सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट होटलभित्र भएको सबै सामान जलेर नष्ट भएको र क्षतिकाबारेमा विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिने काम भएको र आगलागीका सम्मबन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
This Page Total Views:
789
Related Posts
पोखरा आउदै गरेको बस तनहुँ घिरिङ दुर्घटना : दुई को मृत्यु
January 10, 2020by Info Baazaar