
समाजिक सञ्जाल मार्फत बढ्दै गएको अपराध बारेमा सचेतनामुलक प्रशिक्षण कार्यक्रम
पोखरा- पछिल्लो समय समाजिक सञ्जाल मार्फत बढ्दै गएको अपराध बारेमा सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्य र सामुदायिक सेवा केन्द्र बगर र श्री बिन्दवासिनी मा।बि। पोखराको आयोजनामा सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो। कक्षा ८,९, र १० मा अध्ययनरत १६१ जना विद्यार्थीहरुलाई साईबर क्राईम तथा सामाजिक संजाल मार्फत हुने ठगी, ब्ल्याकमेल, फेक आई डी तथा पछिल्लो समयमा सामाजिक संजालको प्रभाव, यसले गरेको असर, फाईदा बेफाईदा र यसबाट बच्ने उपाय विषयमा सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।
This Page Total Views:
3,320