
लेखनाथको भण्डारढीकमा र्यापर भिटेन र प्रकाश सपुतको प्रस्तुती हुने
पोखरा- नेपालीहरुको महान् पर्व दशै तथा तिहारको अवसरमा सुर ताल म्युजिकल टुर २०७६ अन्तर्गत भोलि असोज १८ गते शनिबार लेखनाथको भण्डारढीकमा र्यापर समिर घिसिङ भिटेन र गायक प्रकाश सपुतको प्रस्तुती हुने भएको छ। ।
दिउँसो ३ बजेबाट सुरु हुने कार्यक्रममा आर के स्क्वायर व्याण्ड,विक्रम बराल, चोलेन्द्र पौडेल, सन्तोष बस्याल, बबी सुनारको गायन प्रस्तुती संगै स्थानीय कलाकारको नृत्य समेत त्यहाँ हेर्न पाइनेछ । कार्यक्रम हेर्न ३ सय, ५ सय र एक हजार रुपैयाँको टिकट काट्नु पर्नेछ ।
असोज ३ गते पोखराबाट सुरु भएको म्युजिकल टुर कार्तिक २ गते मकवानपुरको हेटौडामा पुगेर सकिनेछ ।
This Page Total Views:
3,254