
लकडाउन उल्लंघन गर्ने सयौ मानिस पोखरा रंगशालामा थुनिए
जिल्ला प्रहरी कास्कीले लकडाउनलाई उल्लंघन गर्दै जथाभावी बाटोमा हिँडेको भ्नदै दर्जनौं व्यक्तिलाई पोखराको रंगशालाभित्र थुनेको छ । विभिन्न बाटोमा भेटिएकाहरुलाई प्रहरीले रंगशालाको भलिबल कोर्टमा थुनेको हो ।
प्रत्येक व्यक्ति नछोइने गरी उनीहरुलाई चउरमा राखिएको छ । कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले अहिले उनीहरु सबैलाई लकडाउन गर्नुपर्नाको र बाहिर निस्कन नहुने कारण माइकबाट बताइरहेका छन् ।
केही घन्टाअघिदेखि थुनिएका झन्डे १ सय जना ती व्यक्तिहरुलाई सम्झाइबुझाइ गरी च्याडिएको थियो।
कोरोना भाइरस नफैलियोस् भनेर सरकारले लकडाउन घोषणा गरेको छ । यस्तोबेला सबैलाई घरैमा बस्न सरकारको आग्रह छ । त्यही आग्रह अटेर गरेकालाई रंगशालामा थुनिएको हो ।
This Page Total Views:
556