
युथ कम्युनिटी क्लब र पोखरा रेफरेन्स ल्याबोरेटरीबीच स्वास्थ्य ल्याव सबन्धी सहुलियत सम्झौता
आश तमु पोखरा –
‘युवा व्यवसायीबीच साथ, सहयोग र सहकार्यका लागि’ भन्ने मूल उद्देश्यका साथ स्थापित युथ कम्युनिटी क्लब र पोखरा रेफरेन्स ल्याबोरेटरी बीच स्वास्थ्य ल्याव परीक्षण सबन्धी सहुलियत सम्झौता भएको छ ।
सम्झौता पश्चात अब पोखरा रेफरेन्स ल्याबोरेटरी ले युथ कम्युनिटि क्लव नेपालमा आबद्द भएका सद्स्यहरुलाई स्वास्थ्य ल्याव सम्बन्धी उपचार गराउदा सहुलिएत उपलब्ध गराउनेछ ।
सो सम्बन्धी उक्त सम्झौतापत्रमा युथ कम्युनिटि क्लवका कार्यसमिती सदस्य तथा व्यापार प्रवदन उपसमितीका सयोजक शुशिला केसी तथा पोखरा रेफरेन्स ल्याबोरेटरी को तर्फबाट सञ्चालक सञ्जय शर्माले हस्ताक्षर गरे ।
सम्झौता अनुसार पोखरा रेफरेन्स ल्याबोरेटरी ले युथ कम्युनिटि क्लव नेपालमा आबद्द भएका सद्स्यहरुलाई स्वास्थ्य ल्याव सम्बन्धी उपचार गराउदा जम्मा लाग्ने सेवा शुल्कको ३५ % सहुलिएत प्रदान गर्नेछ, सहुलियताको लागि क्लबमा आर्वद्घ सदस्यले सदस्य कार्ड देखाउनु पर्नेछ । दुई वर्ष सम्मको लागी भएको सम्झौतामा दुबै पक्षले सहकाय गरी अघि बढने प्रतिबदता जाहेर गरेका थिए ।