
म्याग्दी टोड्केकी तीजमाया पाईजा मुलाबाटै कमाउछिन मासिक एक लाख
म्याग्दी- हिमाली जिल्ला म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा परम्परागत रुपमा मुला खेतीको उत्पादन हुँदै आएको छ । बेनी नगरपालिका, रघुगंगा र मंगला गाउँपालिकाको सङ्गमस्थलमा पर्ने टोड्केमा परम्परागत रुपमा लगाइने स्थानीय जातको मुलाको खेतीबाट स्थानीयले मनग्य आम्दानी गरिरहेका छन् ।शिब बोहोराले जनता समाचारमा लेखेका छन।
धौलागिरी क्षेत्रमा नै मुला खेतीमा प्रख्यात मानिने टोड्केका स्थानीय बासिन्दाले लोकल सेतो र रातो जातको मुला लगाउँदै आएका छन् । उनीहरु आफ्ना बाबु बाजेको पालादेखि विभिन्न ठाउँबाट बिउ बिजन ल्याई लगाउने मुला खेतीलाई अहिले पनि निरन्तरता दिइरहेको बताउँछन् ।जम्मा ५ घरधुरीको मात्रै बसोबास रहेको टोड्केमा मुला खेती टोड्केको पहिचान बनेको छ भने स्थानीयवासी मुला बेचेर जिविकोपार्जन गर्दै आइरहेका छन् । परम्परागत रुपमा आफ्ना बाबुबाजेले गर्दै आएको मुला खेतीलाई अहिले पनि आफूले निरन्तरता दिएको बताउँदै मुला बिक्री गरेर वार्षिक एकलाख रुपैयाँ भन्दा बढी आम्दानी हुने गरेको मुला खेतीमा सक्रिय टोड्केकी तीजमाया पाईजाको भनाइ छ ।
जिल्लाकै उच्च ठाउँ मानिने टोड्के क्षेत्रको वातावरण र हावापानीका कारणले गर्दा यहाँको मुलालगायत कृषि उपजको उत्पादन निकै रसिलो र स्वादिलो हुने गरेको छ ।पछिल्लो समय पर्यटकीय क्षेत्र टोड्के आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । गत बैशाख महिनादेखि टोड्केमा निर्माण गरिएको रिसोर्ट सञ्चालनमा आएपछि टोड्के घुम्ने पर्यटक बढेसँगै स्थानीय उत्पादनले सजिलै बजार पाउने थालेको छ ।
पछिल्लो समय पर्यटकीय क्षेत्र टोड्के आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । गत बैशाख महिनादेखि टोड्केमा निर्माण गरिएको रिसोर्ट सञ्चालनमा आएपछि टोड्के घुम्ने पर्यटक बढेसँगै स्थानीय उत्पादनले सजिलै बजार पाउने थालेको छ ।
तस्बीर र समाचार स्रोत जनता समाचार
This Page Total Views:
740