
मौजा स्वास्थ्य चौकीलाई सांग्रिलाद्धारा टेलिभिजन प्रदान
पोखरा-मौजा स्वास्थ्यचौकीलाई लायन्स क्लव अफ पोखरा सांग्रिलाले एक थान टेलिभिजन हस्तान्तरण गरेको छ ।
क्लबमा आवद्ध सदस्यहरुले रकम संकलन गरी पोखरा महानगर वडा नम्बर २० मा रहेको मौजा स्वास्थ्य चौकीलाई एक थान स्मार्ट टेलिभिजन प्रदान गरेको हो ।
शनिवार एक कार्यक्रमका बीच लायन्स क्लव अफ पोखरा सांग्रिलाका द्धितिय उपाध्यक्ष ज्ञानहरि आचार्य सहितको टोलीले पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष तथा स्वास्थ्य चौकी ब्यवस्थापन समितीका अध्यक्ष समेत रहेका सीम गुरुङ र स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी शिव केसीलाई टेलिभिजन हस्तान्तरण गरेका हुन ।
सो अवसरमा वोल्दै वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले मौजा स्वास्थ्य चौकी आफैमा दुर दराजमा रहेको र प्रशस्त पूर्वाधारहरु नरहेको अवस्थामा लायन्स क्लव अफ पोखरा सांग्रिलालले टेलिभिजन हस्तान्तरण गरेकोमा धन्यवाद ब्यक्त गरे ।
त्यस्तै मौजा स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी शिव केसीले मौजा स्वास्थ्य चौकीलाई लायन्स क्लव अफ पोखरा सांग्रिलाले प्रदान गरेको स्मार्ट टेलिभिजन मनोरन्जनका लागी प्रयोग नगरीकन हालै विद्यमान रुपमा माहामारीको रुपमा फैलिएको डेंगु रोग जस्ता विभिन्न रोगहरुको रोकथामका उपायहरुको वारेमा सेवाग्राहीलाई जानकारी दिइने वताए ।
लायन्स क्लव अफ पोखरा सांग्रिलाका द्धितिय उपाध्यक्ष ज्ञानहरि आचार्यले आफुहरुको क्लव सधै मानवीय सेवामा लागी रहेको वताउदै सोही अनुरुप क्लवमा आवद्ध सदस्यहरु मिली मौजा स्वास्थ्य चौकीलाई स्मार्ट टेलिभिजन प्रदान गरिएको र आगामी दिनमा मौजामा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागी वडा नम्बर २० र मौजा स्वास्थ्यचौकी संग सहकार्य गर्ने प्रतिवद्धता ब्यक्त गरे ।