
मुस्ताङ आउदै गर्दा मोटरसाईकल कालिगण्डकी नदीमा खस्दा बिदेशी पर्यटकको मृ’त्यु
पोखरा- पोखरा देखि मुस्ताङ आउदै गर्दा घाँसा नजिक मोटर साईकल दुर्घटना परी एक बिदेशी पर्यटकको मृ’त्यु भएको छ। मोटर् साइकलमा सवार एक विदेशी पर्यटक आईतबार म्याग्दी र मुस्ताङको सीमाक्षेत्र तल्लो राष्ट्रिय गौरवको निर्माणधिन बेनी – जोमसोम सडकबाट ३ सय मिटर तल कालिगण्डकी नदीमा खस्दा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
एचपि ५८ ए ३८६० नम्बरको मोटरसाईकल यात्राका क्रममा अनियन्त्रित भई सडकबाट खसेको हो। प्रहरीका अनुसार पार्सपोर्ट नम्बर ५२५९५८६४ उल्लेख भएको वर्ष ६० का स्कटल्याण्डका पर्यटक फानीको आईतबार साझनै एयर डाईनेष्टिक हेलीबाट मणिपाल शिक्षण अस्पतालमा पुर्याई उपचार गर्ने क्रममा मृ’त्यु भएको हो । दुर्घटना आईतबार दिउसो ३ बजे भएको थियो ।
स्कटल्याण्डका पर्यटक मोटर साईकल चढेर मुस्ताङ आउदै गर्दा सडकबाट नदीमा खसेपछि उद्दारमा खटिदै सुरक्षाकर्मी । तस्विरः जिप्रका मुस्ताङ ।