
मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठले जिते मिस वर्ल्ड प्रतियोगिता’ अन्तरगतको मल्टिमिडिया अवार्ड
पोखरा- ‘ मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठले मिस वर्ल्ड प्रतियोगिता’ अन्तरगतको मल्टिमिडिया अवार्ड जितेकी छन् ।
मल्टि मिडिया अवार्ड विजेताको नाम घोषणा भएपछि अनुष्काले खुशी व्यक्त गर्दै मत दिने सबैप्रति आभार व्यक्त गरेकी गरिन्।
६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनाले यही शनिबार लन्डन एक्सेलमा हुनेछ। विश्व सुन्दरीको ताजका लागि १२५ देशका सुन्दरीबिच प्रतिष्पर्धा हुँदैछ।
नेपालकी अनुष्काले प्रतियोगिताको ताज जित्ने आत्मविश्वास व्यक्त गरेकी छन्। आफ्नो बुद्धि विवेक र क्षमताले भ्याएसम्म बलियो उपस्थिति जनाउने उनको प्रण छ। विश्व सुन्दरीहरुका प्रतिष्पर्धीहरू यतिखेर बन्द प्रशिक्षणमा रहेर विभिन्न विद्यामा प्रतिष्पर्धा गरिरहेका छन्।
This Page Total Views:
1,034