
मनोनयन दर्तासँगैं पोखरामा निर्वाचन कार्यालय नजिक बम बिष्फोट !
आश तमु पोखरा- दलहरुले निर्वाचन आयोगमा उम्मेदबारी दर्ता गर्दैछन् । कास्की क्षेत्र न २ मा हुन गईरहेको उम्मेदवारको मनोनयन दर्ताको कार्य हुँदै गर्दा वि’स्फोट भएको हो। यदपी उक्त बिस्फोटको जिम्मा भने कसैले लिएको छैन। दल दर्ता कार्यक्रमलाई लक्षित गर्दै पोखरामा बम बिस्फोट भएको हो।पोखराको पर्यटन बसपार्कमा नजिक रहेको निर्वाचन कार्यलय छेउमा भएको बम बिस्फोटमा खासै क्षति भने भएको छैन । बम विस्फोट कसले र किन गरिएको भन्ने बुझ्न सकिएको छैन । करिब १० :४० को समयमा विस्फोट भएको थियो । यदपी चुनावलाई ससक्त बहिष्कार गर्ने योजना बनाएको विप्लव नेतृत्वको नेकपाले हुनसक्ने अनुमान गरिएको छ। मानवीय क्षति भने केही नभएको प्रहरीले बताएको छ। थप जानकारी आउन बाकीँ
This Page Total Views:
854