
‘भ्वाइस अफ नेपाल’ सिजन दुईको फाइनल आज, चार प्रतिस्पर्धी
पोखरा- सङ्गित क्षेत्रमा निकै चर्चित ‘भ्वाइस अफ नेपाल’ सिजन दुईको फाइनल आज हुँदैछ । फाइनलमा चार जना प्रतिस्पर्धी राम लिम्बू, विकास लिम्बू, सनिष श्रेष्ठ र आरिफ रौफ पुगेका छन् ।
राम लिम्बू कोच प्रमोदको टिमबाट हुन् भने कोच दीप श्रेष्ठको टिमबाट विकास लिम्बू, राजु लामाको टिमबाट शनिस श्रेष्ठ र कोच आस्थाको टिमबाट आरिफ रौफ फाइनलमा पुगेका हुन् ।
ग्रान्ड फिनाले काठमाडौंको चुच्चेपाटीस्थित होटल हायतको ग्राउन्डमा हुने छ । ग्रान्ड फिनालेबाट विजेता घोषणा गरिने छ ।
This Page Total Views:
761