
बेलायत छाडेर पोखरामा व्यवसाय : एन आर एन मुछेत्र तमु
पोखरा – नेपालमा भएका जायजेथा बेचेर बेलायततिर लाग्नेहरुको कमी छैन । अझ भएभरका शक्ति प्रयोग गर्दै अनेक बहानामा बेलायत प्रवेश गर्न खोज्नेहरु नभएका होइनन् । यस्तो बेलामा मुछेत्र गुरुङ भने बेलायतलाई चटक्क बिर्सँदै नेपाल फर्किएका छन् ।
बेलायतमा विभिन्न व्यापार व्यवसायमा सफल व्यक्तिका रुपमा परिचित मुछेत्रले बेलायतमा आफ्नो व्यापार, व्यवसायलाई थाँती राख्दै पोखरामा आएर आफ्नो व्यवसाय सुरुवात गरेका छन् । बेलायतमा रेष्टुरेन्ट, ट्राभल्स एण्ड टुर्स, मनी ट्रान्सफर, रियल स्टेटलगायत व्यवसायमा सफल हुँदै आए । तर, गत वर्षदेखि बेलायतमा भएका जायजेथा बेचेर उनी स्वदेश फर्किए ।
उनलाई भेट्न पोखराको लेकसाइडस्थित स्ट्रीट नम्बर २६ को होटल ब्लू म्याग्नेटमा पुग्दा उनी गोर्खा सैनिकका एक संस्थालाई चन्दा दिइरहेका भेटिए । ‘अलिहेसम्म डेढ करोडभन्दा बढी त सहयोग गरिसकेँ’ उनले आफ्नो योगदानको फेहरिस्त सुनाउँदै थिए ।
उनले विदेश बसाइको वर्ष गने, ‘ठ्याक्कै ३६ वर्ष विदेशमै बिताइएछ ।’ हुन पनि उनले ब्रिटिश गोर्खा फौजमा १८ वर्ष बिताए । त्यसपछि उनी सन् २००० बाट बेलायत बसे । १८ वर्ष दोस्रो विदेश बसाईपछि उनलाई ‘कति विदेश बस्नु ?’ भन्ने लाग्यो र नेपालमै केही गर्ने योजनाका साथ नेपाल फर्किए ।
चन्दा माग्नेहरु खुशी हुँदै धन्यवादका शब्दका साथ बिदा भए । त्यसपछि उनले आफू नेपाल फर्कनुको कारणबारे बताए । बेलायतमा सफल व्यवसायी मुछेत्र नेपाल किन फर्किए ? कौतुहलता थियो । उनले स्पष्ट जवाफ दिए, ‘देशको माया लागेर ।’
उनले आफ्नो नेपाल फर्काइ अन्यथा नभएर ‘रिटायर्ड लाइफ’ आनन्दले बिताउनका लागि भएको खुलस्त पारै । ‘अरुको देशमा कति बस्नु ?’ उनले विदेश बसाइको वर्ष गने, ‘ठ्याक्कै ३६ वर्ष विदेशमै बिताइएछ ।’ हुन पनि उनले ब्रिटिश गोर्खा फौजमा १८ वर्ष बिताए । त्यसपछि उनी सन् २००० बाट बेलायत बसे । १८ वर्ष दोस्रो विदेश बसाईपछि उनलाई ‘कति विदेश बस्नु ?’ भन्ने लाग्यो र नेपालमै केही गर्ने योजनाका साथ नेपाल फर्किए ।
पोखरामै पसिना
नेपाल फर्किएपछि उनले लेकसाइडमा होटल सुरु गरेका छन् । लेकसाइडको स्ट्रीट २६ मा उनले ब्लू म्याग्नेट नामको होटल गत वर्षबाट सुरुवात गरिसकेका छन् । अहिले होटल राम्रै चलेको अनुभव उनको छ ।
विकासोन्मुख मुलुक भएकाले नेपालमा सम्भावनै सम्भावना रहेको उनको बुझाई छ । लगानीका हिसाबले नेपाल अवसर नै अवसर भएको देशका रुपमा उनी लिन्छन् । ‘नेपालमा धेरै गर्न सकिने ठाउँका रुपमा मैले बुझेको छ’, उनले भने, ‘नेपालमा प्रशस्त सभावना छ ।’
होटल व्यवसायसँगै नेपाल बसाईलाई सुखद बनाउने योजनामा उनी छन् । उनलाई सबैभन्दा सुन्दर लाग्ने पोखरा भएर नै होला, उनले रिटायर्ड लाइफ पोखरामा नै बिताउने निधो गरेका छन् । उनले अहिले एउटा होटलबाट व्यवसाय अघि बढाएका छन् ।
नेपालमा अवसरै अवसर
बेलायतमा विभिन्न क्षेत्रमा लगानी गरेका मुछेत्र आफ्नै देशमा केही गर्ने दृढ संकल्पका साथ स्वदेश फर्किए । उनले नेपालमा धेरै राम्रो गर्न सकिने देश भएकाले सबैमा स्वदेश फर्कन र केही गर्न आव्हान समेत गरे ।
नेपालमा सामूहिक लगानी गर्ने योजनामा रहेका उनी स्थानीय तह, प्रदेश सरकारसँग समेत मिलेर काम गर्ने तयारीमा छन् । सरकारी तहमा काम गर्दा कतिपय व्यवहारिक कठिनाइ भएपनि लगानीको वातावरण बनिरहेको उनी बताउँछन् ।
विकासोन्मुख मुलुक भएकाले नेपालमा सम्भावनै सम्भावना रहेको उनको बुझाई छ । लगानीका हिसाबले नेपाल अवसर नै अवसर भएको देशका रुपमा उनी लिन्छन् । ‘नेपालमा धेरै गर्न सकिने ठाउँका रुपमा मैले बुझेको छ’, उनले भने, ‘नेपालमा प्रशस्त सभावना छ ।’
हुन त आफूले भने जस्तो सबैतिर नहुने उनी बताउँछन । नेपालमा पनि त्यो सन्दर्भ लागू हुन्छन् नै । केही भएन भनेर आत्तिन नहुने उनको बुझाई छ । धैर्य गरेर अघि बढ्न सकियो भने पक्कै पनि अपेक्षित उपलव्धी हासिल हुने उनको अनुभव छ ।
नेपालमा सामूहिक लगानी गर्ने योजनामा रहेका उनी स्थानीय तह, प्रदेश सरकारसँग समेत मिलेर काम गर्ने तयारीमा छन् । सरकारी तहमा काम गर्दा कतिपय व्यवहारिक कठिनाइ भएपनि लगानीको वातावरण बनिरहेको उनी बताउँछन् । स्वदेशमै केही गर्न र हातेमालो गर्दै अघि बढ्न सकिने स्थिति रहेकाले सबैमा आव्हान समेत गरेका छन् ।
गिलुङ्ग गाउँका मुछेत्र : तमुधिँदेखि एनआरएनको अध्यक्ष
लमजुङ जिल्लाको गिलुङ्ग गाउँका मुछेत्र गुरुङ सिंगापुरमा जन्मिएका हुन् । पुख्र्यौली थलो लमजुङको भोर्लेटारस्थित ईशानेश्वर माविबाट एसएलसी उत्तीर्ण गरेका उनले ललितपुर लगनखेलस्थित नमुना मच्छिन्द्र क्याम्पसबाट आईकमसम्मको अध्ययन पुरा गरे ।
आइकम अध्ययनपश्चात् सन् १९८३ मा बृटिश गोर्खा राइफलमा भर्ती भएका गुरुङ १८ वर्षे सैन्य सेवापछि रेष्टुरेण्ट, ट्राभल्स एण्ड टुर्स, मनी ट्रान्सफर, रियल स्टेटलगायत नेपाल र बेलायतका विभिन्न व्यापारिक प्रतिष्ठानमा आवद्ध रहे । पू“जीशास्त्रका जोडघटाउमा माहिर उनी ती प्रतिष्ठानहरुमा एक लगानीकर्ताका हैसियतमा देखिए । व्यापार अपारको मन्त्रपछि मात्र लागेनन उनी । आफ्नो दक्षता, अनुभव र सीप समाज सेवामा पनि खर्चन थाले ।
तमूधिं यूकेको सदस्य भई सामाजिक क्षेत्रमा प्रवेश गरेका गुरुङले तमूधिं यूकेको कोषाध्यक्ष, उपाध्यक्ष र विभिन्न कार्यदलको संयोजकलगायत सन् २०११ देखि २०१३ सम्म तमूधिं यूकेको अध्यक्षको भूमिकासमेत निर्वाह गरे । उनको अध्यक्षतामा तमूधिं यूकेको भवन खरीदमा महत्वपूर्ण भूमिका निभाउन सफल भए । यूकेदेखि गुरुङले आफ्नो थातथलो लमजुङको गिलुङ गाउँलाई पनि त्यत्तिकै गुन लगाएका छन् ।
बेलायतस्थित नेपाली समुदायबीच फुटवलको विकास गर्ने उद्देश्यका साथ स्थापित सहारा यूकेको स्थापना र बिकासमा उनको अग्रणी भूमिका निर्वाह गरेका गुरुङ हाल सहारा यूके, तमुधिं यूके, लमजुङ समाज यूके, गिलुङ समाज यूकेको सल्लाहकारसमेत हुन् ।
गिलुङ गाउँस्थित बुद्धोदय माविलाई उच्च माविमा स्तरोन्नतिका निम्ति आठ लाख रुपैयाँको थैली चढाए । जसले गिलुङ गाउँका विपन्न र अन्य विद्यार्थीहरु लाभान्वित भएका छन् । गिलुङ गाउँको खानेपानी विकासमा समेत मुछेत्रले आर्थिक सहयोग गर्न भ्याएका छन् ।
शिक्षा, खानेपानीका अतिरिक्त खेलकुद क्षेत्रको विकासमा उनको योगदान अविष्मरणीय छ । पोखरा रंगशाला परिसर र प्रवेशद्वार निर्माणका निम्तिबेलायतमा गठित सहयोग समितिको कोषाध्यक्षको जिम्मेवारी लिई ५० लाख रुपैयाँ संकलनसमेत गरे । पोखरेली खेलप्रेमीहरुले उनको यो गुन अझै सम्झिरहेका छन् र भविष्यमा समेत त्यो गुन भुल्ने छैनन् ।
बेलायतस्थित नेपाली समुदायबीच फुटवलको विकास गर्ने उद्देश्यका साथ स्थापित सहारा यूकेको स्थापना र बिकासमा उनको अग्रणी भूमिका निर्वाह गरेका गुरुङ हाल सहारा यूके, तमुधिं यूके, लमजुङ समाज यूके, गिलुङ समाज यूकेको सल्लाहकारसमेत हुन् ।
सैन्य सेवा, व्यापारका अतिरिक्त समाजसेवमा समर्पित गुरुङ सैनिक सेवाको दौरानमा हङकङ, ब्रुनाई, अष्ट्रेलिया, यूके, अमेरिका, कोसोभो, क्यानाडालगायतका देश भ्रमण गरेका छन् । समाजसेवी गुरुङ हाल बेलायतस्थित हमसायर काउन्टीको फ्लीटमा सपरिवार बसोबास गर्छन् । समाजसेवाका साथै उनी मानवअधिकार क्षेत्रमा समेत सक्रिय छन् ।
गैरआवासीयहरुको हकअधिकारका निम्ति काम गर्दै आएका गुरुङलाई गत १३ सेप्टेम्बर २०१५ मा सम्पन्न गैरआवासीय नेपाली संघ यूकेको साधारणसभाले २०१५–२०१७ सम्मका निम्ति अध्यक्षको जिम्मेवारी पनि सुम्पियो । यो जिम्मेवारी कुशलताका साथ सम्पन्न गरेका मुछेत्रले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ । जुन योगदानकै कारण आजको दिनमा उनको नेपाल बसाई आनन्दमयी बनेको उनले नै बताएका छन् ।