
बाग्लुङमा गोरु काटेर खाएको आरोपमा ४ पक्राउ
बागलुङ – गोरु काटेर खाएको आरोपमा जिल्लाको काठेखोला गाउँपालिका–१, पालाबाट ४ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
स्थानीय ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय आइते किसान र १८ वर्षीय रवि किसान साविकको पाला गाविस–४ को चिहानडाँडा भन्ने स्थानमा गोरु काटेर खाएको आरोपमा पक्राउ गरेको हो ।
पक्राउ परेका चारै जनाविरुद्व पशुसम्बन्धी कसुरअन्तर्गत गाई, गोरु मार्न वा कुट्न नहुने शीर्षकमा मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक झवीन्द्र भट्टराईले जानकारी दिए ।
उनीहरु सबैलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानसमेत भइरहेको उनको भनाइ छ ।
This Page Total Views:
768