
बजारमा सामसङको नयाँ दुई फोन सेट
नेपालको अग्रणी इलेक्ट्रोनिक्स तथा स्मार्टफोन ब्राण्ड सामसङ नेपालले हालै आफ्नो प्रि अडर अफर अन्तर्गत ग्यालेक्सी S20 स्मार्टफोन प्रस्तुत गरेको छ । सामसङको यो फ्ल्या गसिप डिभाइसमा आधारभूत परिवर्तन गरिएको छ, जसले गर्दा यो फोनले हाम्रो संसारलाई क्याप्चर गर्नलाई थप सहजता प्रदान गर्दछ ।
नेपालमा यही फाल्गुन ३० गते देखि ग्यालेक्सी S20 र S20 प्लस उपलब्ध हुनेछ । साथै प्रि–अडर गर्ने उपभोक्ताहले यी फोनहरु सो मितिभन्दा अगाडि पाउनेछन्
सामसङका दुबै फोन Galaxy S20 / Galaxy S20 प्लस सेटहरु नेपाली बजारमा निम्न मूल्यमा बिक्री हुने छन् ।
Galaxy S20 १०७,४९९
Galaxy S20 प्लस ११९,४९९
Galaxy S20 सीरिजमा प्रयोग गरिएको क्यामेरा विश्वको पहिलो आविष्कार हो, जसले उच्चस्तरीय फोटो एवं भिडियो सम्पादन गर्न सकिन्छ । जीवन्त रुपमा फोटो खिच्ने तरिका एवं आफ्नो विषयवस्तुलाई वेग्लै तरिकाबाट प्रस्तुतगर्ने स्वतन्त्रता यसले प्रदान गर्दछ ।
“सामसङ Galaxy S20 सीरिजले भिडियोग्राफी र फोटोग्राफीलाई नयाँ ढंगले प्रस्तुत गरेको छ । यस फ्ल्यागसिप डिभाइसमा रहेको सेन्सर र प्रविधिले भिडियो र फोटो खिच्न झन् सजिलो बनाएको छ ।” सामसङ मोबाइल बिजिनेस हेड प्रणय रत्न स्थापितले बताए ।
यसमा पूर्ण रुपमा नयाँ क्यामेरा सिस्टमको प्रयोग गरिएको छ । ए आई तथा सामसङको वृहत् इमेज सेन्सरले हरेक क्षणलाई उत्कृष्टताका साथ कैद गर्ने स्वतन्त्रता प्रदान गर्दछ ।
प्लस सीरिजमा सामसङका विशेष सुविधाहरु रहेका छन् । यो सीरिजमा उत्कृष्ट हार्डवेयर एवं फिचर्सहरु रहेका छन् ।
उत्कृष्ट दृश्यावलोकन : उच्चस्तरीय फोटो खिच्नको लागि क्द्दण् सीरिजमा ६४ मेगापिक्सलको क्यामरा र सेन्सर राखिएको छ ।
सुपर जुमः दुबै फोनमा ३० मेगापिक्सलसम्मको जुम रहेको छ ।
Single TakeMSingle Take ले एकै साथ रियर क्यामरामा रहेको सबै लेन्सहरुको प्रयोग गर्दछ ।यसमा तपाइँले विभिन्न फाम्र्याटमा १० सेकेन्ड सम्मको भिडियो खिच्न सक्नुहुन्छ, जसले गर्दा उत्कृष्ट स्टाइल छनौट गर्न सहज हुन्छ र पुनःखिच्न आवश्यक हुँदैन ।
प्रो–ग्रेड–फ्लिमिङ्गः Galaxy S20 संसारको एकमात्र स्मार्ट फोन हो जसबाट डप् भिडियो रेकडिङ्ग सकिन्छ ।
नयाँ क्यामेराको संरचनाले तपाइँलाई स्वतन्त्र रुपमा प्रभावशाली पार्टनर सिप्सको साथ, आफ्ना अनुभव सहज एवं उत्कृष्ट तरिकाबाट संसार सामू साट्ने सुविधा प्रदान गर्दछ । यसबाट डप् क्वालिटीको भिडियोखिच्न सकिन्छ र जुन सामसङको त्तीभ्म् डप् मा सहजै स्ट्रिमिङ्ग गर्न सकिन्छ । साथै डप् भिडियोबाट हाइ–रिजोलुसन फोटो पनि निकाल्न सकिन्छ ।
ग्यालेक्सी Galaxy S20 १४ फागुन, २०७६ देखि शुरु हुने अग्रिम अर्डर अवधिमा नेपालका कुनै पनि सामसङको स्टोरमा रु ५०००र जम्मा गरेर अर्डर गर्न सकिन्छ ।