
बजाज कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर लन्च गर्दै
पोखरा- बजाज कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटरमा आज दिल्लीमा लन्च गर्ने तयारी गरेको छ ।
यसको नाम ‘चेतक’ राखिएको छ। बजाजको पुरानो मोडलको डिजाइनमा ल्याइएको यो स्कूटरको मूल्य भारतमा करिब ६० हजार रुपैयाँ पर्नेछ।
यो इलेक्ट्रिक स्कुटरको अगाडि डिस्क ब्रेक राखिएको छ।
धेरै लामो परीक्षणपछि यो स्कूटर बजाजले अब बजारमा ल्याउन थालेको हो।
चेतक स्कूटर पहिलोपटक बजाजले १९७२मा लन्च गरेको थियो। त्यसपछि यसको उत्पादन २००६मा बन्द भएको थियो। करिब १३ वर्षपछि फेरि बजाजले उही चेतकलाई इलेक्ट्रिक बनाएर ल्याएको छ। एजेन्सीकाे सहयाेग
This Page Total Views:
873