
बंगलादेशी राष्ट्रपतिद्वारा फेवातालमा डुंगा शयर {फोटो फिचर}
भ्रमणका लागि आएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज (बिहीबार) पोखराको फेवातालमा डुंगा शयर गरिरहेका छन् ।
राष्ट्रपति हमिद बिहीबार बिहान ११ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा पुगेका हुन् । पोखरा विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गरेका थिए । राष्ट्रपति हमिदसहितको टोली विमानस्थलबाट सिधै फेवाताल पुगेको पुगेको हो । फेवातालमा डुंगा शयरपछि राष्ट्रपति हमिद नेपाली सेनाको हेलिकोप्टरबाट रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगी त्यहाँबाट पर्यटकीय नगरी पोखराको दृष्यावलोकन गर्ने काकर्यक्रम रहेको छ । राष्ट्रपति हमिद आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ । ![]()
तस्विर : रासस |
|
|
This Page Total Views:
983
Related Posts
बंगलादेशी राष्ट्रपतिद्वारा फेवातालमा डुंगा शयर {फोटो फिचर}
November 14, 2019by Info Baazaar