
फागुन ११ देखि क्यान इन्फोटेक मेला :
अध्यक्ष रुक्मागत भण्डारी विश्वासले पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने इन्फोटेकले सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने आयोजकको विश्वास रहेको बताए ।
इन्फोटेक मेलामा आइसिटी प्रोडक्टहरुको प्रदशर्नी एवं बिक्री वितरण ‘आइसीटी रोजगारी फर्म वितरण र तालिम संचालन कार्यक्रम , आइसीटी सेमिनार, जिल्ला तथा प्रदेश स्तरीय रनिङ शिल्ड आइटी क्विज, टाइपिङ, आइसिटी स्पिच प्रतियोगिता इन्फोटेकमा आयोजना हुनेछन् । ल्यापटप तथा कम्प्युटर निःशुल्क मर्मत क्याम्प, रोर्वट प्रतियोगिता, आइसिटी म्यूजियम प्रदर्शनी, आइसिटी बिजनेस टक पनि इन्फोटेकको आकर्षण बन्ने भण्डारीले बताए । ‘प्रतियोगिताहरुमा विजयी प्रथम, द्वितीय र तृतीय हुनेहरुका लागि प्रमाण पत्र, ट्रफी तथा आकर्षक पुरस्कारको व्यावस्था गरिएको छ,’ अध्यक्ष विश्वासले बताए ।
मेलामा आइसिटीसंग सम्बन्धित करिव १ सय वटा स्टल रहने छन । करिव ५० हजार दर्शकले मेला अवलोकन गर्ने लक्ष्य राखिएको छ । मेलाबाट करिब ३५ लाख आम्दानी गरी ३० लाख रुपैयाँ खर्च कटाई ५ लाख रुपैयाँ बचत गर्ने अपेक्षा राखिएको छ । ‘इन्फोटेकबाट बचत रकमलाई बिगतका वर्षहरुमा जस्तै सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिने आयोजकले बताएका छन् ।
इन्फोटेकको तयारीका क्रममा क्यान कास्कीका अध्यक्ष रुक्मागत भण्डारी ‘विश्वास’ को संयोजकत्वमा ३५ वटा विभिन्न उपसमिति गठन गरिएको छ । सम्पूर्ण उपसमितिले आ–आफ्नो जिम्मेवारी अनुसार इन्फोटेकको तयारी गरिरहेको द्वितीय उपाध्यक्ष विकास भुर्तेलले जानकारी दिए ।
इन्फोटेकलाई प्रभुपेले मुख्य प्रायोजन गरेको छ । इन एसोसिएसन विथमा वल्र्डलिंक, गोल्ड स्पोन्सरमा ब्रर्दश विंथ कास्र्पस्काई र स्मार्ट, सिल्भर स्पोन्सरमा भायानेट, लर्ड बुद्ध एजुकेशन फाउण्डेशन र एस–पार्वर, नलेज पार्टनरमा निम एकेडेमी, अफिसियल इन्स्योरेन्स पार्टनरमा प्रभू इन्स्योरेन्स, सेक्युरिटी पार्टनरमा एम.बि. टे«डर्स, फ्रि मेन्टिनेन्स क्याम्पमा इन्टेल ल्यापटप हाउसले साथ दिएका छन् ।