
प्रहरीलाई औषधि व्यवसायी संघ कास्कीद्धारा स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण
कोरोना भाइरसको महामारी बढिरहेको अवस्थामा औषधि व्यवसायी संघ कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई कोरोना रोकथामको लागि आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।शनिबार संघका अध्यक्ष विक्रम पन्तको नेतृत्वमा संघका केही पदाधिकारी प्रहरी कार्यालय पुगेर उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । पन्तले विभिन्न क्षेत्रमा सुरक्षा प्रदान गर्न खटिरहने प्रहरीमा झन् ठुलो संक्रमणको जोखिम रहने भन्दै संघले सुरक्षा सामाग्री हस्तान्तरण गरेको बताउनुभयो ।
उहाँले सुरक्षाकर्मीलाई आवश्यक पर्ने ग्लोब्स्, मास्क, ह्याण्डस्यानिटाइजर बनाउन प्रयोग हुने ग्लिसिरिन, स्पिरिट, लगायतको सामाग्री हस्तान्तरण गरेको जानकारी दिनुभयो ।
This Page Total Views:
540