
पोखरा १४ काजीपोखरीमा बास्केटबल प्रतियोगिता : विजेताले ७५ हजार
आश तमु- पोखरा- पोखरा महानगरपालिका १४ काजीपोखरीमा चौथो बास्केटबल प्रतियोगिता हुने भएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा काजीपोखरी युवा क्लबले पुसको १२ गतेदेखि १५ गतेसम्म बास्केटबल प्रतियोगिताको आयोजना गरिएको बताएका छन।
निर्माणार्थ बहुउद्देश्यीय भवनका लागि रकम संकलन गर्ने उद्देश्यले क्ल्वले प्रतियोगिता आयोजना गर्न लागेको बताइएको छ ।प्रतियोगिता संयोजक किरण अधिकारीले प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ४० हजार ट्रफी, मेडल र प्रमाणपत्र सर्वाधिक स्कोर गर्ने हाइस्कोररले ५ हजार र ट्रफी पुरस्कार पाउने बताए। उनले २० टोली दर्ता भइसकेको पनि बताए।
क्लबका अध्यक्ष लक्ष्मण भण्डारीले प्रतियोगितामा १२ लाखसम्म संकलन गर्ने लक्ष्य राखेको र र खर्च कटाएर ४ लाख ५० हजार बचत गरि बहुउद्देश्यीय भवनको बाँकी निर्माण कार्यमा लगानी गर्ने बताए । उक्त प्रतोयोगिताको प्रायोजन स्थानिय वडा कार्यालय १४ले गरेको समेत अध्यक्ष भण्डारीले बताए।