
पोखरा महोत्सवलाई विभिन्न सघ सस्थाहरुले बिगत झैँ यस वर्ष पनि साथ दिने प्रतिवदता
आश तमु ,पोखरा- पोखराको अमरसिह चोकमा हुने दशौ सस्करणको पोखरा महोत्सवलाई विभिन्न सघ सस्थाहरुले बिगत झैँ यस वर्ष पनि साथ दिने प्रतिवदता जनाएका छन।
यही पुस २९ गते बाट युनाईटेड क्लवको आयोजनामा हुने दशौ संस्करणको पोखरा महोत्सवलाई सफल बनाउन भनी बसेको विभिन्न सघसस्थाहरुको बसेको बैठकले सभ्य र भब्य रुपमा सफल बनाउन पोखरामा रहेका आमा तथा महिला समुह, टोल बिकास संस्था, संघ सस्था, बुद्धिजिवी, समाजसेवी, नागरिक समाजले सहयोग गर्ने भएको हो ।
झांकी ¥याली ब्यवस्थापन उपसमिती संयोजक पवित्रादेवी गुरुङ,संघ सस्था समन्वय उपसमिति संयोजक सिमा गुरुङ,महिला तथा आमा समुह परिचालन उपसमिति संयोजक शान्ति सुवेदीले महोत्सवमा सबैलाई जानकारी गराउदै सफल बनाउन आफुहरु तयारी अबस्थामा रहेको बताए।
महोत्सव सफल बनाउन ४० ओटा विभिन्न उपसमिति निर्माण गरी परिचालन गरिएको छ । क्लबको पहलमा पोखरा महानगरपालिकाको ३०, ३१, र ३२ वडामा रहेको पचभैया, चापापानी र चैनपुर सामुदायिक वन क्षेत्रको १३४ हेक्टर जमिनमा चिडियाखाना निर्माण भएको छ । महोत्सवबाट बचेको रकमको २० प्रतिशत रकम पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापना गरिएको खुल्ला चिडियाखानाको भौतिक पूर्वाधारमा खर्च गर्दै आएको छ । हालसम्म ५५ लाख रुपैयाँ रकम चिडियाखाना निर्माणमा लगानी भईसकेको छ । पोखरा जुलोजिकल पार्कको नामबाट २०७२ साउन १५ गते तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीले सिलान्यास भइ सुरु भएको उक्त ठाउमा हाल पशुपंछी उद्दार केन्द्रको लागी भवनहरुको निर्माण, खानेपानी जडान, यातायातको सहजीकरणको लागी बाटो निर्माण कार्य अगाडि बढेको छ ,मृगस्थली , बाघ राख्ने खोर निमार्ण सम्पन्न भईसकेको छ ।
त्यसैगरी क्लबले महोत्सवको सातौं संस्करणदेखि प्रत्येक टिकटबाट १ रुपैयाँ छुट्याएर सेती नदी सरसफाइ गर्दै आएको छ । क्लबले गत वर्षदेखि विपद् व्यवस्थापनका लागि अक्षयकोष स्थापना गरेको छ । पुष २९ देखी माघ १२ सम्म पोखराको अमरसिंह चौरमा सञ्चालन हुने महोत्सवमा २ सय ३० देखी २ सय ५० स्टल रहने छ । महोत्सवमा पर्यटन प्रवद्र्धन र पर्यटकीय स्थानको बारेमा जानकारी दिने स्टललाई निःशुल्क उपलब्ध गराउनुका सार्थ कृषि तथा हस्तकलाका स्टलहरुलाई विशेष छुटको ब्यवस्था गरिएको महोत्सव प्रचार प्रसार संयोजक शान्तबहादुर थापाले जानकारी दिए ।
यसै गरी , मुल आयोजक समितिका संयोजक लालकाजी गुरुङ ,सांस्कृतिक व्यवस्थापन उपसमिति संयोजक राजु श्रेष्ठ,प्रचार प्रसार उपसमिति संयोजक शान्त बहादुर थापाले धन्यवाद दिएका थिए।