
पोखरा महोत्सवमा आज मंगोलियन हर्टको प्रस्तुति
पोखरा अमरसिह चोकमा जारी दशौ संस्करणको पोखरा महोत्सवको दोस्रो दिन चर्चित गायक राजु लामा एव उनको व्याण्ड मंगोलियन हर्टको प्रस्तुती रहने भएको छ।महोत्सवमा बुधबार लोक दोहोरी तर्फ राजु गुरुङ, तारापति सुवेदी, श्रीराम अधिकारी, प्रदीप त्रिपाठी, सरस्वती लामिछाने, लक्ष्मी नेपाली लगायतको प्रस्तुती रहने छ । प्रोभर्स हास्य ब्यंग्य तर्फ शिवहरि बैरागी र दमन रुपाखेतीको प्रस्तुति रहने सांस्कृतिक उपसमिति संयोजक राजु श्रेष्ठले जानकारी दिए । यसै गरि श्री डढुवा दुर्छा लम्जुङ तमु समाजको सांस्कृतिक प्रस्तुती पनि रहने उनले बताए ।
This Page Total Views:
1,050