
पोखरा खसी बजार नहर भित्र लेखनाथका निम राज पुनको शव फेला
पोखरा महानगरपालिका १४ खसी बजार चोकको नहरमा एक युवकको शव फेला परेको छ। बिहिवार बिहान मुल सडक नजिक रहेको नहरमा मोटरसाइकलले च्या’पिएको अवस्थामा पोखरा लेखनाथ घर भएका निम राज पुनको श’व फेला परेको हो। पुनलाई ग ११ प ८२८१ नम्बरको बुलेट बाइकले नहर भित्र च्यापिएको अवस्थामा बिहान स्थानीयले देखेका हुन। स्थानीयले देखे लगतै प्रहरीलाई खबर गरेका थिए। घटना बारे प्रहरीले अनुसन्धान जारी रहेको र पुनको श’वलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको बताएका छन।
This Page Total Views:
850