
पोखरा आउदै गरेको दुई हेलिकप्टर सेती किनारमा आकस्मिक अवतरण
पोखरा – बुधवार पोखराको मौसममा एक्कासी समस्या आए पछी जनजीवन कष्टकर बन्न पुगेको छ।एका बिहानै देखि हुस्सु लागेपछी चिसोले दैनिक जीवन कष्टकर बन्न पुगेको हो।
शुक्रबार देखि पश्चिमी चापिय बायुको प्रभावले आइतवार सम्म बिगि्रएको मौसम सोमवार देखि केही खुलेको थियो। बुधवार मौसम एक्कासी बिग्रीएपछी अन्नपूर्ण आधारशिविरबाट पर्यटक लिएर आएको दुई हेलिकप्टर पोखरा लामाचौर स्थित सेती किनारमा आकस्मिक अवतरण नै गर्नु पर्यो ।
एयर डाइनेष्टी र सिम्रिक एयरको हेलिकप्टर पोखरा विमानस्थल फर्कने क्रममा मौसममा अकस्मात खराबी आउँदा बुधवार बिहान १० .०० बजे पोखरा महानगरपालिका–१९ लामाचौरस्थित सेती नदी किनारको गोस्तेघाट खेल मैदानमा अवतरण गरिएको थियो।
बिहान आधार शिविर जादा मौसम ठिकै भए पनि फर्किने बेला हुस्सुले विमान स्थल नै नदेखिने भए पछी दुई हेलिकप्टरलाई आकस्मिक अवतरण गर्न निर्देशन दिएको बिमानस्थल स्रोतले बताएको छ।