
पोखरामा स्कुलको बसले किच्दा युवतीको ज्यान गयो
पोखरा – पोखरामा स्कुल बसले किच्दा एक युवतीको ज्यान गएको छ । मंगलबार बिहान पोखरा-१७ पार्दी राम मन्दिर नजिकै ग १ क २४९९ नम्बरको बालोदय बोर्डिङ स्कुलको बसले किच्दा पर्वतको छौलालाङखुरी घर भई पोखरा बस्दै आएकी २६ वर्षीया सरिता पौडेल सुवेदीको मृ’त्यु भएको हो ।
प्रहरीका अनुसार कक्षा १ मा अध्यनरत आफ्नी छोरीलाई मंगलबार बिहान स्कुल बसमा चढाउन आएकी पौडेलले छोरीलाई बसमा चढाएसंगै ढोकामा चिप्लेर लड्न पुग्दा बसले किच्दा मृ’त्यु भएको हो ।
स्कुुल बसबाट ओर्लने क्रममा उनी अचानक लडेकी थिइन् । चालकले गाडी अगाडि बढाउँदा उनी गाडी मुनि परेको बताइएको छ । घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारको क्रममा गण्डकी अस्पताल पु¥याइएकोमा चिकित्सकले मृ’त घोषित गरेका हुन् । चालक र गाडीलाई नियन्त्रणमा लिएर घटनाका विषयमा थप अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ
This Page Total Views:
837