
पोखरामा सञ्चालित होटलहरु असोजसम्म बन्द
कोभिड १९ का कारण हुने भएका छन् ।श्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले कोरोना रोकथामका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले भनेअनुसारको मापदण्ड कायम गर्न अहिलेकै अवस्थामा कठिन हुने भएकाले आगामी असोज महिनासम्म काठमाडौँका होटल सरह पोखराका होटल पनि सञ्चालन नगर्न नसकिने बताएका हुन ।
होटल तथा रेस्टुरेन्टमा गरी पोखरामा हाल २५ हजार कर्मचारी कार्यरत रहेकामा कोरोनाकै कारण ८० प्रतिशत घर फर्काइएका छन् । उहाँले अहिलेको स्थितिमा सञ्चालन खर्च बढ्ने, सरकारले राहत प्याकेज घोषणा नगरेको अवस्थामा पर्यटक आए पनि डुल्न जाने ठाउँ कहीँकतै छैन ।
समाजमा डर त्रास हटेको छैन । कोरोनाका कारण होटल व्यवसाय पहिलेकै अवस्थामा फर्किन अब एक÷दुई वर्ष लाग्छ । जसका कारण पोखरा क्षेत्रमा सञ्चालित होटलमा कार्यरत मजदुरको रोजीरोटी गुमेको छ ।
This Page Total Views:
593