
पोखरामा जिपले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु
पोखरा – एका बिहानै पोखरामा जिपले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । शनिवार बिहान करिब ५ बजे पोखरा २६ सुन्दरी बजारमा सो दुर्घटना भएको हो। प्रहरी अनुसार विजयपुर तर्फ आउदै गरेको ग २ च ९९५० नम्बरको बोलेरो जिपले विपरित दिशा तर्फ जाँदै गरेको ग १५ प ४३८० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। स्कुटरमा सवाररत दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका पोखरा -३० शिशुवाका स्कुटर चालक २५ बर्षीय हिमाल गुरूङ र पछाडी सवार २३ बर्षीय रक्ष गुरुङलाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा अस्पतालले दुवै जनालाई मृत घोषणा गरेको प्रहारीले जानकारी दिएको छ ।
प्रहरीले जिप र जिप चालक भरतपोखरीका ३ओ बर्षीय दिपक नेपालीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
This Page Total Views:
3,262