
पोखरामा कोरोना जाच्ननेमेसिनबाट ३ जनाको परिक्षण ,नतिजा आजै
पोखरामा कोभिड ११ नाप्ने मेसिनको सफल परिक्षण भएको छ। स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा राखिएको मेसिनले पहिलो चरणमा ३ जनाको स्वाब परिक्षण गरिएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले बुधबार मात्रै रिपोर्ट सार्वजनिक गरिने बताए ।” तीन जनाको स्वाब परिक्षण गरिएको छ । रिपोर्ट बिभागमा पठाए पछी मात्रै सार्वजनिक गर्छौ” उनले भने।
मंगलबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेलिकप्टर मार्फत मेसिन झरिसकेपछि मेसिन कहाँ राख्ने भनेर विवाद समेत भएको थियो । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन, अर्थमन्त्री किरण गुरुङसमेतको संलग्नतामा मेसिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै राख्ने सहमति भएको थियो ।
This Page Total Views:
809