
पोखराको सृजनाचोकमा आकासे पुल निर्माण गरिने
आश तमु ,पोखरा- पोखरा महानगरपालिका–८ सिर्जनाचोकमा निर्माण हुने आकाशे पुलको शुक्रवार एका बिहानै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले सँयुक्त रुपमा शिलान्यास गरे।
मुख्यमन्त्री गुरुङले बढ्दो सवारी साधन र चापलाई मध्यनजर गर्दै सडकहरु ४ लेनको बनाउने योजना रहेको भन्दै सम्बन्धित निकायलाई सोही अनुरुप काम गर्न निर्देशन दिएका छन।
महानगरपालिकाबाट विनियोजित २ करोड र स्व रबीन्द्र अधिकारीले संसदिय कोषबाट विनियोजन गरेको ५० लाख गरी अनुमानित २ करोड ५४ लाख ४२ हजार (भ्याट सहित) लागतमा पुलको निर्माण आगामी साउन २७ गते भित्र सम्पन्न गर्नेगरी सम्झौता भएको पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले बताए।
महानगरले गत जेठ ५ गते केएमजेबीएनएस पोखरा १७ सँग सो सम्झौता गरेका थिए।।उक्त पुल ‘स्टील ट्रस पेडेस्ट्रेन ओभरहेड ब्रीज’ रहेको निर्माण पक्षले जनाएको छ ।चारै दिशामा जान मिल्ने गरी आकासे पुल निर्माण गरिने समेत कम्पनी बताए।पोखरामा ट्राफिक जामलाई मध्यनजर गदै महानगरपालिकाले सृजनाचोकमा पोखराकै पहिलो आकाशेपुल निर्माण सुरु गर्न लागेको हो ।