
पोखराको पर्यटकीय स्थल भित्र भारतीय सवारी साधन माथी रोक
जिल्ला प्रशासन कार्यालय, कास्कीले सुचना जारी गर्दै पोखराको पर्यटकीय स्थल भित्र भारतीय सवारी साधन माथी रोक लागएको हो। पोखरामा भारतीय सार्वजनिक सवारीका कारण बढेको ट्राफिक जाम र दुर्घटनलाई दृष्टिगत गरी त्यस्तो रोक लगाइएको जनाएको छ ।
भारतीय चालकलाई पोखराका पर्यटकीय स्थलको सडकको अवस्थाबारे पूर्व जानकारी नहुने र स्थानीय व्यवसायमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले ट्राफिक व्यवस्थापनलाई ध्यानमा राखेर भारतीय गाडीलाई रोक लगाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए ।
उनका अनुसार निश्चित ठाउँमा भारतीय गाडी पार्किङ गराउने विषयमा ट्राफिक र यातायात व्यवसायीलाई निर्देशन दिइएको छ ।
This Page Total Views:
781