
पोखराका युवा व्यवसायीहरुलाई उपेन्द्र पौडेलको परामर्श :तपाई १० वर्ष कहाँ पुग्ने ? योजना बनाउनु
आश तमु,पोखरा- पोखरामा भर्खरै मात्र युवा व्यवसायीहरु केन्द्रित युवा क्लव युथ कम्युनिटि ग्रुपले युवा व्यवसायीहरुको व्यक्तित्व ,नेत्रित्व र सामुहिक कार्य बिकास गर्ने उदेश्यका साथ आयोजित निशुल्क परामर्श तालिम समपन्न गरेको छ। युथ कम्युनिटि क्लब पोखराले शनिवार पोखरा लेक साइड स्थित बिजी बी रिसोर्टको सेमीनार हलमा सम्पन्न परामर्श तालिममा परामर्श कर्ता उपेन्द्र पौडेलले युवा व्यवसायीहरुलाई सकरात्मक प्रशिक्षणा दिए। परामर्शको क्रममा पौडेलले जागिर वा व्यवसाय सुरु गर्दा ज्ञान र सिक्ने अभिलासा भए सफल हुने बताउदै आफुलाई इच्छा र चाहाना नभएको ठाउँमा हाल नहाल्न पनि सुझाव दिए।
। उनले ऋषि र घमण्डी राजाको कथा, ऋणित राजा राजकुमारी र अभिलासी व्यक्ति, भ्याकुताको कथा जस्ता अर्थ पुर्ण कथा र उदाहरण दिदैँ युवाहरुलाई सकारात्मक र दिर्घकालिन सोच्न सुझाए। जन्मेका सबै व्यक्ति मार्क जुकर्वक जस्तै सानै उमेरमा सफल हुन नसक्ने बताउदै जिन्दगीको चार चरण हुने बताउदै २५ वर्ष सम्म अध्ययन २५ देखी ५० कमाउने र ५० देखी उडाउने दान गर्ने उमेर समय रहेको भन्दै यसै अनुरुप तपाई १० वर्ष कहाँ ? भन्ने योजना बनाउनु पर्ने बताए। आफुमा सपना ठुलो हुनु पर्ने बताउदै,सपना नदेखी सफल हुने लक्ष्य उदेश्य नभएको युवा कहिलै सफल नहुने बताए।
उनले आकाश उड्ने हेलिकप्टर र रकेटको व्यङ्यातमक उदाहरण दिदै भने जव पुच्छरमा आगो लाग्छ तव थाहा हुन्छ। जिन्दगी केहो ? पौडेलले अहिलेको युवा सामाजिक संञ्जालमा मात्र बढी केन्द्रित भैइ सकरात्मक भन्दा पनि नकरात्मक शिक्षण लिईरहेको बताउदै उदेश्यमुलक र ज्ञान मुलक पुस्तक पनि अध्ययन गरिरहनु पर्ने बताए । आफुले गरिरहेको पेशा वा व्यवसायमा मजा आउनु पर्ने बताउदै सो नभए छोड्न पनि उनले सुझाव दिए।मजा नआउने पेशा व्यबसायमा आफुलाई पनि फाइदा नहुने बताउदै आफुलाई मन पर्ने मजा अौने पेशा व्यवसाय रोज्न उनले सुझाए।
उनले परामर्शकै क्रममा युवाहरुमा वाच्ने इच्छा हुनु पर्ने बताए।जहाँ समस्या छ त्यहाँ समाधान पनि छ। सोच बदलौ,युवाहरुमा आत्मबिश्वास हुनु पर्छ घमण्ड होइन। तपाई भित्र धेरै कुराहरु प्रतिभाहरु छ मात्र तपाई माथीको ढक्क्न निकाल्नुस। हामीले हाम्रो कमजोरी पत्ता लगाउनु पर्छ। मन नपरेको बिजनेस छोड्नुस जस्ता उदाहरण दिदै युवा हरुलाई मोटिभेसन गरे।
कार्यक्रममा सहाभागी भएका अधिकाश युवा व्यवसायीहरुले परामर्श तालिमले आफुहरुमा सकारात्मक उर्जा दिएको बताए।
कार्यक्रममा आयोजक युथ कम्युनिटि ग्रुपका अध्यक्ष पुर्ण श्रेष्ठले परामर्श कर्ता उपेन्द्र पौडेल लगाएत सहयोगी व्यवसायीहरुलाई मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रममा परामर्श कार्यक्रममा सयोजक जयन्ती मोक्तान र अध्यक्ष पुर्ण श्रेष्ठ लगाएतले आफ्ना भनाईहरु राखे।