
पेट्रोल डिजेलको भाउ घट्यो
पोखरा – नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले घटेको छ।
निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ पर्नेछ। यसअघि ११० रुपैयाँ थियो। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ।
पछिल्लो समय भारतबाट इन्धनको मूल्य केही कम भएर आएकाले नेपालमा मूल्य समायोजोन गरिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए।
निगमले प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्ने गरेको छ। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने अहिले यथावत राखिएको निगमले जनाएको छ।
This Page Total Views:
621