
पर्वत र बागलुङमा ‘अर्गानिक’ कृषि उपज उत्पादन गर्ने कार्यक्रम शुरु
कृषि ज्ञान केन्द्र पर्वतले पर्वत र बागलुङमा ‘अर्गानिक’ कृषि उपज उत्पादन गर्ने कार्यक्रम शुरु गरिने भएको छ । दुबै जिल्लाका १७ स्थानीय तहमा विशिष्ट क्षेत्र पहिचान गरी अर्गानिक कृषि उपज उत्पादन कार्यक्रम सञ्चालन गर्ने भएको हो । सामूहिक रुपमा गरिने कृषि फर्ममा ६० र एकल फर्ममा ५ रोपनी क्षेत्रमा उक्त खेती विस्तार गर्ने तयारी गरेको ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए । अहिले कार्यक्रम कार्यान्वयन पूर्व सम्भावित क्षेत्रको पहिचान गर्न शुरु गरिएको रेग्मीले बताए ।
उक्त खेतीप्रति किसानको आकर्षण बढाउन कार्यालयले अनुदान, तालिम र बजारीकरणको व्यवस्था गर्ने भएको छ ।कार्यक्रमका लागि कार्यालयले रु। १ करोड भन्दा बढी अनुदान वितरण गर्ने रेग्मीले बताए ।
गतवर्ष देखि गण्डकी प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले शुरु गरेको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रमले पनि अर्गानिक उत्पादनलाई बढवा दिएको छ । सो खेती विस्तारका लागि कृषि प्राविधिक, कृषक, कृषि उद्यमी लगायतलाई दुईदिने तालिम पनि कार्यालयले दिएको छ । तालिममा ३५ जना सहभागी भएका थिए । तालिम पश्चात अव क्षेत्र निर्धारण गरेर सो खेती विस्तार सम्बन्धी कार्यक्रम शुरु गरिने कृषि विकास अधिकृत रामकृष्ण अर्यालले जानकारी दिए ।
This Page Total Views:
815