
नेवारी समुदायको पोखरा नेवा छे मा नेवा संग्राहलय स्थापना
नेवारी समुदायको जन्म देखि मुत्यु हुदासम्मको संस्कार, कला, भेषभुष, खानपिन लगायतका बिषय बस्तुलाई संग्रह गर्नको लागि नेवा छे मा नेवा संग्राहलय स्थापना गर्न लागिएको छ।नेवारी समुदायका भावि पुस्तालाई आफ्नो कला, संस्कृतिको बारेमा जानकारी गराउन पनि संग्राहलयको अवधारण अघि सारिएको अध्यक्ष अशोक पालिखेले बताएका छन।
२ सय ४० बर्ष पुरानो छुसेपाथी, २ सय ९ बर्ष अघिको गाग्री देखि करिब २ सय थरिका विभिन्न सामानहरु संकलन गरिएको अध्यक्ष पालिखेले जनाए । नेवा खल कास्कीको अगुवाईमा करिब ७ करोडको लागतमा उक्त भवन निर्माण भएको हो । भर्याङ सहित फिनिसिङ गर्न थप २ करोड रुपैया आवश्यक भएको अध्यक्ष पालिखेले जनाए । केही सहयोगी दाताहरुबाट पुराना बस्तु तथा सामानहरु केही उपहार स्वरुप त केही खरिद समेत गरिएको उनले बताए । अध्यक्ष पालिखलेले २१ थरिका सामान उपहार दिएकाछन्।
द्धवादोष गुठी भिमसेन टोलले नेवा खल कास्कीलाई पौने तीन रोपनी जग्गा उपलब्ध गराएसंगै उक्त भवन १२ बर्ष अघि देखि निर्माण हुन थालेको थियो । उक्त भवनमा एक सभाहल, एक भोजभतेर वा खानपिन हुने गरी अण्डरग्राउण्मा ठुलो हल, तेश्रो तलामा संग्राहलय सहित ६ वटा कोठाहरु रहेको अध्यक्ष पालिखेले जनाए ।