
नेपाल र बंगलादेशबीच सहुलियतपूर्ण व्यापार सम्झौताका विविध पक्षमा छलफल हुँदै
नेपाल– आज बिहानदेखि काठामाडौँमा नेपाल र बंगलादेशबीच सहुलियतपूर्ण व्यापार सम्झौताका विविध पक्षमा छलफल हुँदैछ । छलफलपछि नेपाल र बंगलादेशबीच सहुलियतपूर्ण व्यापार सम्झौता(पीटीए) हुने विश्वास व्यक्त गरिएको छ ।
नेपाल–बंगलादेशबीचको सहसचिवस्तरीय यो चौथो पटकको बैठकका मख्य एजेन्डाहरु तय भइ छलफलका लागि दुवै देशका अधिकारीहरु तयार भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । अघिल्लो वर्ष काठमाडौं मै भएको वाणिज्य सचिवस्तरीय वार्तामा द्विपक्षीय वाणिज्य तथा पारवाहन सन्धि गर्ने सम्झौता भएको थियो ।
यी हुन्, मुख्य एजेन्डाहरुः
भारत–बंगलादेशबीचको जलमार्गमा नेपालाई जोड्ने
विराटनगरबाट बंगलादेशमा क्षेत्रीय उडान
विषादी जाँचमा समझदारी
बंगलादेशमा रहेका नेपाली विद्यार्थीका समस्या समाधान
नेपाल–बंगलादेशबीच ऊर्जा व्यापार
नेपालको कृषि उपजको निकासीमा अवरोध
काठमाडौँ ढाका बस सेवालाई व्यवस्थित र नियमित बनाउने
नेपालको धागो निकासीलाई बंगलादेशमा पहुँच
नेपाल र बंगलादेशबीच विसं २०३२ मा व्यापार तथा भुक्तानी र पारबाहन सम्झौता भएको थियो । त्यो बेलादेखि दुई देशबीचमा औपचारिक व्यापार हुँदै आएको छ । पछिल्ला वर्षमा दुई देशबीचको व्यापार विस्तार भएसँगै व्यापार तथा पारवाहन सम्झौताको तयारीमा दुवै देश अगाडि बढेका हुन् ।