
नेपाल राष्ट्र बैंकले पुर्वराजाको तस्वीर अंकित नेपाली नोट चलनचल्तिमा नल्याउन निर्देशन
नेपाल राष्ट्र बैंकले भुक्तानी तथा सटही गर्नुपूर्व नोटलाई निश्चित प्रक्रिया अपनाई जीवाणु तथा भाइरसरहित गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले आइतवार परिपत्र जारी गर्दै पुर्वराजाको तस्वीर अंकित नेपाली नोट चलनचल्तिमा नल्याउन निर्देशन दिएको छ ।
साथै केन्द्रीय बैंकले सर्वसाधारणबाट जम्मा भएको पुर्वराजाको तस्वीरसहितको नोट पुन : सर्वसाधारणमा प्रवाह नगर्न भनेको हो । तर तत्कालै ती नोटहरू प्रतिबन्धित भने हुने छैनन् ।
बैंकले सफा नोट नीति कार्यान्वयन गर्ने क्रममा उक्त निर्देशन दिएको हो ।
यस्तै झुत्रिएका, मक्किएका, जलेको, गलेको, लुलो भएको , किराले खाएका अक्षर, अंक चित्र, सुरक्षण नबुझिएको लगायतका नोट तथा पूर्वराजाको तस्वीर अंकित नोटलाई पुन : निष्काशन अयोग्य नोटको रुपमा वर्गिकरण गर्नुपर्ने र चलनचल्तिमा नपठाउन राष्ट्र बैंकले भनेको छ ।
चलनचल्तिमा पठाउन अयोग्य नोटलाई नोटकोष वा नेपाल राष्ट्र बैंकमा जम्मा गर्न पनि भनिएको छ ।