
नेपाल एयरलाइन्सको ४ महिनामा २ अर्ब बचत
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले आर्थिक मितव्ययिता, प्रणालीगत सुधार र उपलब्ध स्रोतसाधनको प्रभावकारी व्यवस्थापन गरेर उत्साहबर्धक आर्थिक उपलब्धि प्राप्त गरेको छ ।
निगमले आलु आर्थिक वर्ष २०७६/७७ को पछिल्लो चार महिनाको अवधिमा रु दुई अर्ब हाराहारी रकम बचत गर्न सफल दाबी गरेको छ । तर यस अवधिमसम्म आइपुग्दा निगमको ऋण झण्डै रु ४० अर्ब पुगेको छ । निगमको पछिल्लो प्रगति र आगामी रणनीतिबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले प्रणालीगत सुधार, फजुल खर्च कटौती तथा राजश्व बढी उठाएबापत निगमलले सञ्चिती गर्न सफल भएको बताए । उनले निगमको अपरेशन र इन्जिनीयरिङ विभागको प्रणाली परिवर्तन गरी खर्च व्यवस्थापन गरिएको दाबी गरे। निगमको प्रगति विवरणअनुसार चालू आवभित्र प्रणालीगत सुधारतर्फ रु एक अर्ब ६९ करोड ३३ लाख ५२ हजार र आर्थिक मितव्ययिताबापत रु ५८ करोड २८ लाख गरी जम्मा रु दुई अर्ब २७ करोड ६१ ५९ हजार आर्थिक रकम बचत गर्ने प्रक्षेपण गरेको छ । निगमको अन्तर्राष्ट्रिय उडानका गन्तव्य विस्तारको राजश्व, सेवा व्यवस्थापनलाई प्रभावकारी बनाइएकाले पनि निगमलाई फाइदा भएको छ । लामा गन्तव्यमा वाइड बडी जहाजको आर्थिक उपलब्धि सन्तोषजनक रुपमा भइरहेको व्यापारले पनि निमगको आर्थिक अवस्थालाई सुधार्न योगदान पुगेको छ । प्राथमिकतामा जापान निगमले आगामी सन् २०२० जनवरीको पहिलो सातादेखि नारिता इन्टरनेशनल एयरपोर्टमा सिधा उडानको तयारी गरेको भए पनि जापानी पक्षको ढिलाइका कारण मार्च २२ सम्म नारिता उडान गर्ने जनाइएको छ । सकेसम्म निर्धारित समयमै उडान सञ्चालनका लागि परराष्ट्र मन्त्रालयमार्फत पहल थालिएको अध्यक्ष खरेलले जानकारी दिए । यो गन्तव्यमा उडानका लागि निगमले सबै तयारी सकेको भए पनि ग्राउन्ड ह्यान्डलिङको टुङ्गो नलागेका कारण अन्योलता भएको छ । निगमले जापान उडानलाई विशेष प्राथमिकता दिएर उडानलाई सहज बनाउन विमानचालक (पाइलट)को अभिमुखीकरण गरिएको तथा जापानिज पर्यटकका लागि विमानस्थलमा सहायता कक्ष स्थापना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । एक वर्षमा १५ पाइलट उत्पादन गरिने उनले भने, “अब पाइलट अभावले चिनियाँ जहाज उडाउन समस्या हुँदैन, चारवटा वाई १२ जहाजमध्ये अहिले नै तीन जहाज उडाउन सक्ने क्षमता विकास भइसकेको छ, तर जहाज व्यवस्थापनका लागि अन्य विकल्प पनि खोज्दैछौँ ।” दैनिक १३ घण्टा उड्छ वाइड बडी भ्रमण वर्षका लागि विशेष तयारी निगमको यो लक्ष्य पूरा गर्न गन्तव्य विस्तार र बजारीकरण अपरिहार्य भएको उनको भनाइ छ । भ्रमण वर्षको प्रचारका लागि निगमले आफ्ना जहाजमा भ्रमण वर्षको लोगो राख्ने तथा भाडादरमा छुट लगायतका सुविधा पनि ल्याउने जनाएको छ । निगमले सेवा स्तरीकरण र व्यवस्थापकीय पक्षलाई खरो रुपमा उतारेर प्रतिस्पर्धी बजारमा आफ्नो हिस्सा ओगट्ने विभिन्न कार्यक्रम पनि आगामी कार्ययोजनामा समेटेको छ । निगमले अहिले विभिन्न सात देशका नौ वटा गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि वाइड बडी ‘ए’३३० जहाज दुई थान र न्यारो बडी ‘ए’३२० दुई थान जहाज छन् । निगमसँग अहिले भएको एक मात्र ७५७ बोइङ बिक्रीका लागि अन्तिम तयारी गरिएको छ । बोइङ बिक्रीका लागि एक/दुई दिनभित्रै वार्ता हुने निगमले जनाएको छ ।रासस |
|
|