
निरन्तरता नै सफलताको मार्ग हो
हर कोहीले व्यवसायमा सफलता यतिकै प्राप्त गर्दैन । यसका लागी धेर्यता काममा परिपकत्ता र निरन्तरता अवश्यकता पर्दछ । यसैलाई सानै देखी मनन गरेर सफल बनेका हुन स्याङ्जाका अनन्त कुमार श्रेष्ठ। स्याङ्जा पुतली बजार नगरपालिका ३ का वासिन्दा श्रेष्ठ आफु सानै देखी व्यपार र व्यवसायमा रुची रहेको बताउछन । यदपी उनको पारिवारिक बाल्यकाल नै व्यपार व्यवसायमा बित्ने गरेको उनको अनुभव छ । उनी आफ्नो स्कुले जिवन व्यपारमै गरेको सुनाउछन । ” मेरो रुची सानै देखी व्यपार र व्यवसाय मा थियो । म यही पारिवारिक वाताबरणमै हुर्किए। म स्कुल जादाँ पनि वर्फी ,भुजाको डल्लो र मिठाई स्कुलमा लगेर व्यपार गर्थे । ४/५ कक्षामा हुदाँ मैले समुह नै बनाएर दैनिक बचत गर्ने गर्नु पर्छ भनेर पनि स्कुलमा बचत गराएको थिए ।
उनी आफुमा जागिर गर्ने भन्दा पनि जागिर दिनु पर्छ भन्ने द्रिद मान्यता रहेको बताउछन। सुरुवातमै ठुला व्यवसाय गर्न नसके पनि साना व्यवसाय बाट सुरु गर्नु पर्छ भन्ने मान्यता राखेका श्रेष्ठले साना व्यवसाय मैनवत्ती बनाउने देखी लिएर डेरी उधोग सञ्चालन गरेको अनुभव छ । यसै गरी कृषि देखी लिएर पशुपालनमा बाख्रा पालन सम्म गरेको अनुभव छ उनीसङ्ग ।
करिव २०/२५ वर्ष अघि ५३/५४ सालमा आफु सस्थापक अध्यक्ष भएर स्थापना गरेको सुर्यदय युवा क्लवलाई चलाएमान गराउन र समुदायलाई अति आवश्यक परिपुर्ती गराउन सुर्यदय बचत तथा रिण सहकारी संस्था स्थापना गरेको बताउछन । स्थापनाका सुरु दिनमा ३ जनाले चालेको अभियानले पछी सफलता पाएको छ । अहिले सुर्यदयकै नाममा स्थापित सुर्यदय बचत सहकारी, सुर्यदय एजुकेशन एकेडेमी र सुर्यदय लघुबित्त बितिय सस्था सञ्चालनमा छन । यसमा गरी करीव ४०० करोडको कारोवार र ३५० देखी ४०० जनाले रोजगारी पाएका छन।
सुरुवाती दिनमा बचत समुह निर्माण गर्ने क्रममा ३ जनाले करीव ३०० प्रति पत्र काटेर भेला आह्वान गर्दा मुस्किलले आयोजक बाहेक एक जना मात्र उपस्थित हुदाँ पनि निराशावादी नभई धैर्यपुर्वक निरन्तर लाग्दा अहिले सहकारीले आजको मिति सम्म ५० करोड भन्दा बढीको कारोवार गरेको उनको अनुभव छ ।
अनन्त कुमार श्रेष्ठ
युथ कम्युनिटी क्लव पोखराले आयोजना गरेको भ्युचर्ल ओरन्टेसन कार्यक्रममा बोल्दै युथ कम्युनिटी क्लव पोखराले ल्याएको मित्रता इन्भेष्टमेन्ट कम्पनीको परिकल्पनालाई यथार्तको सफलतामा पुग्ने शुभकामना दिदै सुझाव पनि दिएका छन ।
सोच राख्नु भयो संस्था बनाउने , सस्थाले व्यवसायको प्रवदन गर्ने ,युवाहरुलाई उधोमीको बाटोमा लिएर जाने र त्यसको लागी इन्भेष्टमेन्ट कम्पनी मार्फत परिपुर्ती गर्ने जुन च्यानल तपाइहरुले बनाउनु भएको छ । त्यो एकदमै राम्रो छ । ” उनले भने “अहिले लकडाउन चलिरहेको छ यो समयमा तपाइहरुले ३ ओटा कुरालाई मध्यनजर गरेर अघि बढ्नु होला पहिलो व्यवसाय केन्द्रित मोटिभेसन कार्यक्रमहरु सञ्चाल गर्नुस जसमा सफलताका कुराहरुले युवाहरुलाई प्रेरणा दिने गर्छ।दोस्रो निरन्तरताले सिद्धता हासिल गर्ने हुदाँ निरन्तर लाग्नुस र तेस्रो एउटा रिसर्च युनिट निर्माण गर्नुस जसले युवायुवाहरुलाई अधमशीलता बनाउन खोजमुलक अनुसन्धान गर्छ । जसले सम्भावित व्यवसायको खोजी गर्छ।
नेपालमा नै पैसा उडिरहेको बताउदै श्रेष्ठले भारतिय मिडियाले भने जस्तो भारतबाट आयात बस्तुहरुले नै नेपालको जनजिबन धानिएको कुरा सत्य नभएको उनी बताउछन। बरु वर्षेनी हेर्दा नेपालबाट ठुलो मात्रामा नेपालबाट रकम निर्यात भएको उनको ठम्याई छ। ” भारतीय मिडियाका कुरा हावादारी हुन । बरु बर्षेनी नेपाली तथ्याङ हेर्ने हो भने नेपालबाट भारतमा रेमिटका रुपमा ३ खर्व ७० अर्व निर्यात हुन्छ यो त औपचारिक तथ्याङ हो उनले भने अनौपचारिक रुपमा कतिगए तथ्याङक नै छैन । भारतबाट जम्मा रेमिटान्सको रुपमा१ खर्व १८ अर्व मात्र आयात भएको छ । अव भन्नुस अवसर कहाँ छ ? नेपालमै कि भारतमा ? उनी आफै प्रश्न गर्छन । वैदेशिक सामग्री प्रतिस्थापन गर्न युवाहरु नै लाग्नु पर्ने बताउदै तब मात्र रोजगारको सिर्जना हुने र अवसरहरु पनि बन्दै जान्छ । युवाहरुले उत्पादन क्षेत्रमा जोड दिनु पर्छ । बजारले मागेको आवश्यकतालाई हामी युवाहरुले आफ्नो क्षमता अनुसार लागे भने हामीलाई आवश्यक सबै कुरा हामी आफै परिपुर्ति गर्न सक्छौ ।
श्रेष्ठले नेपाल कृषि प्रधान देश भएता पनि अन्य राष्ट्रबाट आयात गर्नु पर्ने समस्या रहेको बताए। नेपालको भुगोल सानो भएता पनि कृषि उपज उत्पादन गर्न यहाँका स्रोतहरु जस्तो कि जमिन बाताबरण र पानी लगाएत मौसम सुहाउँदो उत्पादन गर्न सकिने सम्भावना रहेको भन्दै युबाहरु अघि सर्नु पर्ने बताउछन । मासिक रुपमा भारतीय नाकाबाट कागती मात्रै चार करोडको आयात रहेको भन्दै अन्य नेपालमै सम्भावना रहेको उत्पादन पनि आयात गर्नु परेको छ ।
स्याङ्जाका कृषकहरुले सानो भुगोलमा पनि गोलभेडा देखि सुन्तला जिल्ला बाहिर निर्यात गरेर ३ लाख देखि २० लाख सम्म आम्दानी गर्ने गरेको अनुभव सुनाउदै २० हजार तलबको लागि बैदेशिक रोजगारीको लागि किन भौतारिने भन्दै युवाहरुमा काम लगाउदा काम गर्ने तर आफै स्वतस्फूर्त काम नगर्ने सोचले गर्दा परिवर्तन सम्भव नभएको भन्दै यस्ता सोचाइलाई बदलेर युवाहरु सामुहिक कृषिमा लाग्नु पर्ने र राज्यले पनी सहयोग गर्नु पर्ने बताउछन ।
कृषि उत्पादन र पशुपालनमा युवाहरुले सामुहिक लगानी बढाएर आफू पनि समृद्ध बन्ने र राज्यलाई पनि समृद्ध गराउने तर्फ युवाहरु लाग्नु पर्ने बताउछन ।
भिडमा अवसर नहुने भन्दै कोरियाको फाराम भर्ने भिड र डिभीदेखी वैदेशिक रोजगारीको भिडमा नलागी भिड नभएको क्षेत्र लाग्नु पर्ने बताउछन । “गाउँका खेतहरु बाझै छन, अहिले लकडाउनले गर्दा फुर्सदिला समयमा योजना बनाऔ। धेर्यताका साथ सोचौ अनि पछी बजार अवस्था कस्तो हुनेछ र बजारले कस्तो खाले बजारको माग गर्दछ भन्ने कुराको मुल्यांकन गरि आफुमा जे छ,जति छ त्येहीबाट सुरुवात गर्नुस । न अल्झनुस सानो सोचाई न राख्नुस ,न आत्तिनुस कामले काम सिकाउछ । योजना बनाउ ,तालिका बनाउ र यसलाई निरन्तरता देउ अवश्य सफल भइन्छ” उनले भने सबै भन्दा ठूलो कुरा निरन्तरता नै हो । अवकाा युवा पिढीले जागिर खाने भन्द पनि जागिर दिने मनस्थिति बनाउनु पर्ने बताउछन ।