
दैनिक विपन्न वर्गलाई विर्यानी खाना खुवाउछन….पोखराका मनकारी हरी
आश तमु ,पोखरा – विश्वरभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोक्न नेपाल एक महिनादेखि लकडाउनमा छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन देशव्यापी लकडाउन गरिएपछि जनजीवन ठप्प छ । अधिकांश उद्योग–व्यवसाय बन्द छन् ।लकडाउन सुरु भए पछी विपन्न बर्ग र ज्यालामजदुरी गर्ने वर्गहरु अहिले बिहान के खाने र बेलुका के खाने भनेर संकटमा छन।
यस्तो संकटको बेला भने पोखरा नयाँगाउका एक युवा सकटको बेला कोही भोकै बस्न नपरोस भनी आफै लागी परेका छन। अहिले लकडाउनका कारण समस्यामा दुःखमा परेकाहरुलाई हरी शरण थपलियाले निशुल्क खाना खुवाई रहेका छन। उनले यो वेला विपन्न वर्ग र ज्यालामजदुरी गरेर जिवन चलाउने परिवारलाई खाना खुवाउदै आएका छन।
पोखरा १५ नयाँ गाउमा याक रेष्टुरेण्ट र क्याफेका संचालक हरीशरण थपलिया बिहानै झिसेमिसे उज्यालो नहुदै उठेर आतिन्छन । अनि मुख पनि राम्री नधोई आफ्नो रेष्ट्रुरेण्ट पुग्छन बिहानै ! उनी रेष्टुरेण्ट पुगेपछी उनका सहयोगीहरु पनि आइपुग्छन र हतार हतार खाना बनाउन तिर लाग्छन किनकी १० बजे भित्र पोखरा बजार भरी २५० देखी ३०० जनालाई निशुल्क खाना पुर्याउनु उनको टोलीको दैनिकी नै जस्तो बनेको छ।
अहिले सम्म ८-९ दिनको अवधिमा उनीहरुले दैनिक रुपमा गरेर एक हजार बढीलाई लाई खाना खुवाईसकेका छन। घरमा अन्न सकिएर खाना नपाकेका,सडकमा भोकै बस्नु परेका, र हिडेर गन्तव्य सम्म पुग्न खोजेकालाई थपलियाको टोलीले खाना खुवाउदै आएका छन । थपलियाको टोलीले तीन समुह बनाएर नै बिहान ९ बजे देखी ११ बजे सम्म पोखरा भरी विर्यानी खाना प्याक गरेर पुर्याउने गर्छन।
बिहान ९ बज्न साथ उनको मोबाइलको घण्टी बज्न थाल्छ । खाना कति खेर आईपुग्छ ? आज यहाँ यति जना पुगेम ” उनलाई फोन गर्नेमा वडाका बुद्दिजिवी समाजका बुद्दीजिवी र सुरक्षा निकायका कर्मचारीहरु हुन्छन। उनीहरुकै समन्वयमा खाना पुर्याउदै आईरहेको उनले बताए ।
” हामो टोली बिहानैबाट खटिन्छन, कोही खाना पकाउन कोही शब्जी काट्न अनि कोही प्याकिङ गर्न । ९ बज्न साथ मोबाइलको घण्टी बज्न थाल्छ ।अनि हामी तेही अनुसारको प्याकिङ खाना लिएर त्यहाँ पुग्छौ । हामीलाई समाजका र वडाका बुद्दिजिवी र सुरक्षा निकायका कर्मचारीहरुले फोन गरेर नै खबर दिन्छन। ” उनले भने .
सुरुका केही दिन देखी आफ्नै व्यक्तिगत खर्चमा पोखरामा खाना खुवाईरहेका थपलियालाई अहिले भने केही सघ सस्था र व्यक्तिहरुले पनि साथ दिएका छन।
८-९ दिन देखी कठिन अवस्थामा रहेकाहरुलाई बिहानको खाना प्याकिङ गरेर वितरण गरेका छौ थपलियाले भने । अहिले हिजो मात्र मलाई मेरो आफ्नै सस्था our helping hand association का साथीहरुले पनि साथ दिए, सुरुवाती चरण देखी नै सहयोगीको रुपमा साथीहरु खटिरहनु भएको छ। उहाहरुको तर्फबाट एकदिनको खाना पनि सौजन्य गरिदिनु भयो । यसै गरी एक जना दिदीले पनि हामीले यसरी खाना वितरण गरेको कुरा थाहा पाउनु भएको रहेछ । उहाले पनि तपाई सङ्ग सहकार्य गर्छु भनेर सहयोग गर्नु भएको छ ।
प्रदेश सरकार र स्थानिय तहवाट राहत वितरण भएता पनि त्यो राहतले लकडाउन अवधि भर खान नपुग्ने भएपछी आफुले केही सहयोग गरौ न त यही बेला त हो सहयोग गर्ने समय भन्दै अभियान चलाएको उनी बताउछन ।
आफुलाई यस्तो अभियान चलाउने हौसला भने पोखराको अर्का व्यवसायी दोर्जे लामाबाट मिलेको उनि बताउछन । जसले यसअधि पोखरामा अलपत्र परेका पर्यटकलाई निःशुल्क खाना खुलाउदै आएका थिए। ”
म उहाँबाट निकै प्रेरित भए । अनि यो अभियान चलाए। अर्को कुरा सरकार दिने राहतले केही दिन मात्र पुग्ने छ ,त्यसपछी के खाने ? धेरै नसके पनि बिहान एक छाक म खुवाउछु बेलुकाको छाक बरु तेही राहत पाएको चामल नै पकाएर खाए पनि वा एताउती अैचोपैचो गरेर भए पनि चलाउला, अलि धेरै दिन त समस्या न होला नि ? उनले भने।
पहिलो दिन ३० जना ,दोश्रो दिन-९५ जना , तेस्रो दिन-१३० जना ,चौथो १६५ जना गरी अहिले दैनिक २५० देखी ३०० जनालाई खाना खुवाउदै आइरहेको उनले बताए।
“धन मात्र भएर हुदैन हरीजी झै विशाल मन हुन पनि जरुरी छ ।” – गोविन्द सिह ठकुरी, अध्यक्ष Our helping
hand association
थपलियाले सुरु दिन देखि नै चलाएको अभियानमा साथ दिइरहेका Our helping hand association का अध्यक्ष गोविन्द सिह ठकुरीले थपलिया जीले जस्तो दैनिक ! व्यक्तिगत रुपमा समस्यामा परेका मानिसहरुलाई खाना खुवाउन नसके पनि सुरुको दिन देखी नै अभियानलाई सस्थाका साथीहरुले भौतिक रुपमा सहयोग गरेको बताउछन।
” हामी सङ्ग मित्र थपलिया मित्रले झै व्यक्तिगत रुपमा दैनिक खाना खुवाउन त सक्दैनौ तर हामीले उहालाई सुरु दिन देखीनै साथ दिएका छौ।
हाम्रो सस्थाका साथीहरुले व्यक्तिगत रुपमा आर्थिक सकलन गरेर भए पनि आमा औशीको दिनमा एक छाक सस्थाको तर्फबाट खुवाउनु पर्छ भनेपछी एकदिन सस्थाले पनि बितरण गरेको छ। हाम्रा सस्था भित्रका साथीहरु केही साना साना व्यवसाय गर्दै आएका छन त कोही पेशा गर्दै हुनु हुन्छ । यो अभियान सुरुवात देखी उहाहरु बिहान दैनिक जुट्नु भएको छ ।
हामी फिल्डमा जादाँ कयौ परिवारहरु सङ्ग भेट्दा भाबुक पनि भएका छौ। दुखमा हामीले गरेको कार्यबाट हामीलाई कयौ मानिसहरुले हौसला दिदा अझै सामाजिक र मानबीय कार्यमा अघि बढ्न प्रेरणा मिलेको छ । अहिले मित्र हरीलाई देखेर ए?उटा कुरा भन्न मन लागेको छ । “धन मात्र भएर हुदैन हरीजी झै विशाल मन हुन पनि जरुरी छ ।”
सुरुमा एक हजार जनालाई बाँड्ने योजना भएपनि अब ४ हजार जना सम्मलाई बाड्ने हौसला मिलेको हरि शरण थपलिया बताउँछन् ।
उनी आफ्नो फेसबुकमा पनि लेख्छन “भोकाएका पेट भर्ने अवसर मिल्यो। हाम्रो यो कार्य लाई सफल पार्न सहयोग गर्ने सहयोगी हातहरुलाइ धन्यबाद । तपाईं को वरपर कोहि रासन नभएर भोकै बस्नु परेको छ भने हामिलाइ सम्पर्क गर्नुहोस ९८५६०४९८०८,९८०११४९८०८ पोखरा।
“यो संकटको सामना सबै मिलेर गरौं ,असल मानव को परिचय दिउ”।