
ट्याक्सी चोरी गरेको आरोपमा पोखराबाट ४ जना पक्राउ
पोखरा- ट्याक्सी चोरी गरेको आरोपमा पोखराबाट ४ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । चोरी गरेको आरोपमा २२ बर्षीय राजन राई, २१ बर्षीय अजय परियार, २० बर्षीय संजय परियार र एक १४ बर्षीय बालकलाई बिहीवार प्रहरीले पक्राउ गरेको हो ।
असोज ६ गते राती पोखरा – १४ शिवमार्ग टोल मझेरीपाटनमा पार्किङ गरिराखेको ग १ ज ३८७१ नम्बरको मारुती सुजुकी ट्याक्सी पोखरा -२६ बिजयपुर माथि रहेको टाइगरटपको डाडा नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई आवश्यक कानुनि कारवाहीको लागि प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
This Page Total Views:
3,218