
जब सम्म हिमाल भत्किन यो ठाउ भत्किन,यसै ठाउमा मेरो इज्जत अनि पैसा छ
सन् २०१२ बाट औपचारिक रूपमा शुरू भएको मर्दी हिमालको आधार शिविरसम्मको पदयात्रा पछिल्ला वर्षमा छोटो पदयात्रा गर्न खोज्नेमाझ निकै चर्चित बनेको छ।
पोखराबाट यात्रामा निस्किएको दोस्रो रात बास बस्न पुगिने ‘हाई क्याम्प’ (३५५०मिटर) बाट मौसम खुलेको दिन माछापुच्छ्रे छ्याङ्ग देखिन्छ। माछापु्च्छ्रेमुनि मर्दी हिमाल देख्न पाइन्छ।
पर्यटकीय नगरी पोखराबाट यात्रा गरेको दुई दिनमै पुगिने मर्दी पदमार्ग छोटो दूरीको यात्रा गर्न खोज्नेहरूका लागि सही छनोट हुनसक्छ।
यो पदयात्रामा जानका लागि कास्कीको काँडे अथवा धम्पुससम्म गाडीमा गएर त्यहाँबाट पितम देउराली भन्ने ठाउँ हुँदै जान सकिन्छ।
२०३९ साल देखी पिताम देउरालीमा सानो भकारीले बेरेर चिया पसल राखेर हरिमाना गुरुङले व्यवसाय सुरु गरे पहिला अहिले झैँ चर्चा नचलेको मर्दी हिमाल पदमार्गमा केही बिदेशी मात्र आउने गर्थे । चिया पसलबाट बस्न मिल्ने होटल बनाउन थालेका का प्रवन्धक हरिमान गुरुङले त्यो बेला निकै दुख खेप्नु पर्यो । युरोपका धेरै देश घुमेका गुरुङ आफ्नै देश अनि क्षेत्रमा केही गरौ भनेर आएका उनी होटेल बनाउने क्रममा लामो समय हिरासत पनि परे तर हार भने मानेनन ।
अहिले सानो भकारी चियापसलबाट सुरु गरेका गुरुङले अहिले ३ तले आरसीसी बिल्डिंग बाट १८ कोठा भएको रुमबाट पर्यटनलाई सेवा सुबिधा दिदै आइरहेका छन । यसै क्रममा उनी सगको कुराकानी
पितम देउरालीमा यत्रो होटल व्यवसाय संचालन गरिरहनु भएको छ ,व्यवसाय आम्दानी कस्तो छ ? दैनिक कति पर्यटकहरु मर्दी हिमाल पदमार्गको लागी पुग्छन ?
पितमा देउराली यो ठाउ आफैमा उत्कृष्ट छ । यो ठाउबाट अन्नपुर्ण हिमाल राम्रो देखिन्छ । अनि माछापुछ्रे हिमालको पश्चिमी भाग पनि देखिन्छ । यहाँ व्यवसाय मेरो राम्रै चलेको छ म आफै पनि यहाँ चलेको यो होटल व्यवसायबाट निकै सन्तुष्ट छु ।
त्यो बेला नेपालीहरुमा पैसा खर्च गरेर घुम्नु पर्छ भन्ने चेतना नै थिएन । मात्र बिदेशीहरु मात्र आउने गर्थे । बिदेशी मात्र नभई नेपालीहरुमा पनि समय मिलाएर घुम्न जानु पर्छ भने सोचाईको बिकास भए सँगै आन्तरिक र बार्ह्य पर्यटकहरु बढ्दै गएपछी मैले मेरो व्यवसाय पनि विस्तार गरे ।
भकारीले छाएर सुरुवात गरेको मेरो व्यवसाय अहिले आरसीसी बिल्डिंग र १८ कोठामा परिणत भएको छ ।पर्यटनको सेवा सुविधालाई अझ बढाउने सोचमा छु तर केही समस्याहरुले गर्दा अघि बढाउन नसक्दा अलि खिन्न पनि । अहिले मर्दी हिमाल ट्रेकमा अक्सिजनको समयमा पनि आन्तरिक अनि बाह्य पर्यटक दैनिक ५० देखी २०० भित्रिन्छन ।
पितम देउरालीमा नै व्यवसाय गर्ने सोचाई कहाँबाट पाल्नु भयो ?
यो स्थान निकै राम्रो ठाउमा छ । यहाँबाट अन्नपुर्ण माछापुछ्रे हिमाल पोखरा पर्यटकीय गाउ घान्द्रुक लान्द्रुक सबै अवलोकन गर्न सकिन्छ । बिहानको सुर्योदय अर्को रोमान्चक अनि मनमोहक छ । म लाहुरेको छोरा होइन तर आफ्नै देशमा केही गर्नु पर्छ भनेर यही टिकेको छु । जब सम्म हिमाल भत्किन यो ठाउ भत्किन । यो हाम्रो सम्पति हो । म उदाहरण बन्न चाहान्छु । यस्तो ठाउलाई पनि केही गर्न सकिन्छ भनेर ।
यो ठाउमा पैसा छ । यसै ठाउमा मेरो इज्जत छ भनेर यो ठाउमा लगानी गरेको हु । अनि भकारी बेरेर पहिला सानो चिया पसलबाट सुरुवात गरेको हु चिया सँगै मैले त्यहा लोकल रक्सी ,लोकल कुखुराको मासुको परिकार पनि बनाउन थाले समय सापेक्ष व्यवसाय पनि बढ्दै गए ।
पितम देउरालीमा होटल व्यवसाय सुरु गर्दा कस्ता समस्याहरुको सामना गर्नु पर्यो ?
३९ सालमा मैले भकारी बेरेर चिया पसल राखेर व्यवसाय सुरु गरेको हु ।यो ठाउमा मैले यो होटल बनाउन मैले पोखरामा अनि लेक साइडमा भएको दुई वटा घडेरी बेचेर सके . । मैले भन्ने गर्छु यहाँ बनेको सबै सम्पति हरिमान गुरुङको सम्म्पति होइन मर्दि हिमालको सम्पति हो ।पितम देउरालीको सम्पति हो ।
यही जमेर व्यवसायी गरि जमेर बस्न चाहान्छु अरुलाई पनि प्रोत्साहन गर्न चाहान्छु । मैले भकारी बेरेर सुरु गरेको व्यवसायलाई बढाउन एक्याप सँग सहकार्य गरी अनुमति लिएर आरसीसी बिल्डिंग गरेको होटल बनाउन खोज्दा खुरापाती बिकास विरोधीहरुले झुठा आरोप लगाई फडानी गरेको भनेर एक्यापमा उजुरी दिएछन । मलाई एक्यापले बन मुद्दामा झन्डै ५ वर्ष जेल सजाए भन्दै टोक्यो । म लडे धन्न कानुन रहेछ ।म बचे , १६ दिन थुनामा बसे ।
धेरै महिना तारेख धाए धरौटीमा छुटे अनि मेरो १८ हजार घरौती रकम पनि फिर्ता भयो । हरिमानले होटलमा लगानी गर्यो पैसा कमाउने स्वार्थ त छ तर यो ठाउलाई बनाउनु पर्छ देशमा पर्यटन भित्र्याएर अर्थतन्त्र पनि बलियो बनाउनु पर्छ भन्ने जिम्मेवारी पनि त छ नि ।
तपाईलाइ त एक्यापको ठ्याकै प्रतिपक्ष भनेर भन्छन ? केही समय अघि तपाइले एक्यापमा ताला लगाउनु भएछ नी ?
म एक्यापको बिरोधी होइन । त्यसको व्यवहार र नियमको विरोधी हु । हामीले एक्यापमा तालाबन्दी गरेका हैनौ तेसको व्यवहार माथी ताला लगाएका हौ । मेरै नेतृत्वमा हामीले ताला लगाएका हौ । एक्यापले प्रति बिदेशी एक वरावर ३ हजार अनि टानले २ हजार गरी ५ हजारका दरले रकम राजस्व भन्दै लिने गर्छ तर त्यो उठेको पैसा कहाँ जान्छ ? हाम्रो प्रश्न हो ।
उनीहरुबाट उठाएको रकम यही मर्दी हिमाल ट्रेकको प्रवदन अनि विकासमा लगाउनु पर्दैन ! बैकल्पिक पदमार्गको खोजी गर्नु पर्दैन ! यहाँ त खाने मात्र । आखिर कहाँ जान्छ पर्यटनले तिरेको पैसा ? एक्यापले पर्यटन सग लिएको पैसा कहाँ लगानी गर्यो ?
हामीले बारम्बार भनेका छौ योजना ल्याउ पर्यटन भित्राउ भनेकै छौ । योजना नै छैन ! उल्टै दुख दिने प्रकाउ पुर्जी काट्ने । कही चिया पसल पनि छैन ,कहिँ च्याउ सरी खुलेछ । एक्यापले नियन्त्रण गर्नु पर्दैन ? कसैलाई एन कसैलाई चैन ! एक्याप अनि यहाका राजनैतिक प्रतिनिधि दलहरुले योजना दिन सकेका छैन यो निकै दुख लाग्दो पक्ष हो ।
उल्टै झन व्यबसायीहरुलाई आतंक मच्चाउने डर त्रास दिने राज्य बाट भएको छ यहाको अन्नपुर्ण सरक्षण क्षेत्रबाट भएको छ ।मर्दी हिमाल जाने बाटो अनि अन्नपुर्ण पदमार्ग जाने बाटोमा बोर्ड नै छैन। हामी व्यवसायीले नै राखेका छौ। पैसा उठाउने बेला राज्यको अंग अरु बेला बेवास्था। कुन ठाउमा होटल कुन ठाउमा चिया पसल राख्ने भन्ने कुरामा एक्यापले अनि स्थानीयले चासो दिनु पर्यो।
मर्दी हिमाल पदमार्गको अझै प्रचार प्रसार अनि बिकास गराउन राज्यले के गर्नु पर्ला ? हामीले त झन् यो वर्ष भिजिट वर्ष २०२० घोषणा गरेका छौ त !
सरकारले चाहे २०२० मा २० लाख पर्यटन भित्राउन सक्छन।प्रदेश सरकार भिजिट २०२० मा २० लाख पर्यटक भित्राउने योजना बनाएको छ तर आधार अनि पूर्वाधार नै छैन । घुम्न आएका पर्यटकलाई कहाँ राख्ने के देखाउने ? मर्दी हिमाल ट्रेकमा अक्सिजनको समयमा पनि दैनिक ५० देखी २०० जना आन्तरिक अनि बाह्य पर्यटक भित्रिन्छ । अक्सिजनको समयमा त ठाउ पाउन मुस्किल छ अरु बेला त के होला ? सरकारले योजना निर्माण गर्नु पर्दैन ? व्यबसायीहरुलाई लगानी गरी प्रोत्साहन गर्नु पर्दैन !
हामी व्यवसाय गर्नेहरु सँग भने जती योजना अनुरुप बनाउने सरचनाको लागी लागत पुजी अपुग हुन सक्छ । अहिलेका पर्यटकहरु सुबिधा खोज्छन । आफु बस्ने कोठामा एटेज रुमा खोज्छन । पितम देउराली जस्तो ठाउमा जहाँ सडक सुबिधा पनि रामरी नपुगेको स्थानमा बजार देखी भवन निर्माणका सामग्रीहरु दुवानी खर्चिलो अनि झन्झटिलो छ । यस्तो स्थानमा पनि व्यवसाय गर्छु । नेपालमा पर्यटन भित्राउन सहयोग गर्छु भन्दा पनि उल्टै दुख दिन्छन ।
मेरो कुरा के हो भने यदी कसैले व्यवसाय गर्छु भन्यो भने राज्यले उसलाई लगानी गरिदिनु पर्छ । त्यो लगानी हामी व्यवसायीहरुले पछी करको रुपमा चुक्ता गर्छौ । तर यहा त त्यो सिस्टम छैन । मैले धेरै युरोपका देशहरु घुमे । त्यहाँ यदी कोही नागरिकले व्यवसाय गर्न चाहेमा राज्यले योजना अनुरुप लगानी गर्छ अनि ती नागरिकले व्यबसायबाट निस्केको फाइदा मध्यबाट फेरी राज्यलाई कर बुझाउछ । यहाँ त आफै व्यवसाय गर्छु भन्दा पनि राज्यले दुख दिने एक्यापले दुख दिने राजनैतिक दलले दुख दिने गर्छ
। आर्थिक क्रान्ति गर्ने भन्छ । आर्थिक क्रान्ति भनेको केहो ? धेरै भन्दा धेरै पर्यटन भित्राएर देशमा बिदेशी मुद्रा भित्राउने व्यवसाय फस्टाउने होइन ? तेस्को लागी राज्यले लगानी गर्नु पर्यो। लगानी गरेपछी व्यवसाय चल्छ अनि बढ्छ र पो आम्दानी पनि हुन्छ । आम्दानी भए पछी हामी राज्यलाई धेरै भन्दा धेरै कर तिर्छौ अनि पो राज्य बलियो हुन्छ आर्थिक क्रान्ति सफल हुन्छ।
राज्यमा हाम्रो केही सुनाइ नै भएन तर अहिले स्थानीय सरकार आएपछी केही त बिकास भएको छ तर हामीले सोचे जस्तो भने भएको छैन ।
मर्दी हिमाल
चैत वैशाखमा लालीगुराँसले ढपक्कै हुने यो भेगमा विभिन्न नौ रङ्गका गुराँस फुल्ने स्थानीय होटल व्यवसायीहरू बताउँछन्।
पदयात्राको लगभग आधा बाटो काटेपछि आउने बादलडाँडाबाट अन्नपूर्ण, माछापुच्छ्रे, गङ्गापूर्ण, हिमचुलीलगायत १४ वटा विभिन्न हिमाल पनि देखिन्छन्।
पदयात्रा शुरू गरिने ठाउँदेखि नै यो मार्गमा वसन्त ऋतुमा गुराँसलगायत विभिन्न थरीका फूलहरू फूलेको देख्न पाइन्छ। ढकमक्क फुलेका फूलको सौन्दर्य र चराचुरूङ्गीको कलरवले वातारण अति मोदक हुन्छ।
यात्रा शुरू गर्दा खासगरी यो समयमा पहिला गुलाबी गुराँस देखिए पनि उकालो चढ्दै जाँदा गाढा रङ्गको लालीगुराँस पाइन्छ।
अन्नपूर्ण पदयात्राका अन्य धेरैजसो मार्गमा मोटरबाटोको सुविधा पुगिसकेकाले गाडी बाटोले नछोएको यो क्षेत्र हेर्न चाहने स्वदेशी तथा विदेशी पदयात्रीहरू यो यात्रामा निस्कन रुचाउँछन्।
४५,०० मिटरमा रहेको मर्दी आधार शिविरमा पुग्न यो मौसममा कठिन हुने हुँदा अनुभवी यात्रुबाहेक अरूलाई ४२,०० मिटरमा रहेको भ्यूपोइन्ट अथवा हाईपोइन्ट (३५५० मिटर) सम्मको यात्रा उपयुक्त हुन्छ।
साँघुरो र भिरालो बाटो हुँदै मर्दी आधार शिविरसम्म पुग्न बाटो निकै अप्ठेरो र गाह्रो भए पनि त्यहाँ पुगेपछि आँखैअगाडि ठोक्किन आइपुग्ने हिमालहरूले भने थकाइ मेटाइदिन्छन्। यात्रामा निस्किएको तेस्रो बिहान नै हिमालनजिकै पुग्न चाहने यात्रुका लागि यो पदयात्रा एउटा ‘सचेत छनोट’ हुनसक्छ।
यात्राको पहिलो रात धेरै जसोले बास बस्नका लागि लो क्याम्प (२९७० मिटर) रोज्छन्। लो क्याम्पबाट सबैभन्दा ठूलो माछापुच्छ्रे छ्याङ्ग देखिन्छ। यहाँबाट हाई क्याम्पसम्म बाटोमा भेटिने सबै होटलहरूमा सस्तोमा बास बस्न पाइन्छ। स्वदेशी र विदेशी दुवैका लागि हुने ‘मेन्यू’ भने त्यसको अनुपातमा महँगो लाग्छ।
कास्कीको धम्पुस वा काँडे हुँदै यो यात्रा गर्नेहरूका लागि फर्कँदा भने कास्कीको अन्तिम गाउँका रूपमा चिनिने सिदिङबाट पदयात्रा टुङ्ग्याउँदा छोटो र सहज हुन्छ। सिदिङबाट दुई घन्टामा जीपले पोखरा पुर्याइदिन्छ।