
जन्मदिनको अवसरमा पोखराका एक युवाले गरे वृद्धाश्रममा खाधान्न सामाग्री सहयोग
आफ्नो ३२ औ जन्मदिनको अवसरमा पोखराका एक युवाले पोखरा वृद्धाश्रममा १० हजार बरावरको खाधान्न सामाग्री वितरण गरेका छन । लायन्स क्लब अफ पोखरा ग्लोबल सेन्चुरीका सचिव र युवा व्यावसायीहरुबीच साथ सहयोग र सहकार्यको लागि “युथ कम्युनिटी क्लब”का कार्यसमिति सदस्य समेत रहेका श्रेष्ठले पोखरा वृद्धाश्रममा १० हजार बरावरको खाधान्न सामाग्री वितरण गरेका हुन । जन्मदिनको अवसरमा अभिभावकहरु सँग बसेर आफनो जन्मदिन मनाउन पाउदा धेरै खुसी मिलेको बताए । उनले युथ कम्युनिटी क्लबको बिपत व्यवस्थापन कोषमा पनि केहि रकम सहयोग गरेको बताउदै आउदो दिनमा पनि जन्मदिन यसरी नै मनाउने भन्दै जन्मदिनको शुभाकमाना दिनु हुने सबैमा धन्यबाट व्यक्त गरेका छन । सो कार्यक्रममा बोल्दै युथ कम्युनिटी क्लबका अध्यक्ष पूर्ण कुमार श्रेष्ठले जन्मदिन तथा खुसीको दिनमा रमाईलो गरी खर्च गर्ने रकम सामाजिक कार्यमा सहयोग गर्नु पर्ने बताउदै सबैले आगामी दिनमा अनिल जी जस्तै प्रोत्साहित कार्य गर्नु पर्ने बताए । यसै गरी लायन्स क्लबका अध्यक्ष सुनिल कुमार ठाकुरले क्लब मानवता नै धर्म हो हामी भन्दा कम अवसर पाउने व्यक्तिहरुलाई क्लबमा बसेर सहयोग गर्न पाउदा खुसी मिलेको बताए । कार्यक्रममा क्लवका कोषाध्यक्ष बिकास गुरुङ लगाएत अन्य सदस्यहरु सहभागी थिए ।