
चार्डपर्व नजिकिदै जादाँ बजार अनुगमनमा आलटाल गर्दै म्याग्दी प्रशासन
म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी लगायत स्थानीय तहका पसलहरु चाडपर्व नजिकिएसँगै सरोकारवाहरुद्वारा अनुगमन हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालय र बेनी नगरपालिकाले चाडपर्वलाई लक्षित गरेर विगतझै यस वर्ष बजार अनुगमन नगर्दा उपभोक्ता मंहगीको मारमा परेका हुन् ।
सदरमुकाम बेनीमा रहेको किराना पसल, फेन्सी, होटल, मासुलगायतका पसलहरुमा अनुगमन नहुँदा उपभोक्ताले गुणस्तरहिन सामग्री उपभोग गर्न बाध्य छन् । सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले कामको व्यस्तताले अनुगमन हुन नसकेको बताए । उनले प्रमुख जिल्ला अधिकारीको कार्यव्यस्तता र कार्यालयमा सेवाग्राहीको भिडले बजार अनुगमन हुन नसकेको बताए ।
खाद्य तथा गुण नियन्त्रण विभागका कर्मचारी अनुगमन गर्ने भन्दै मुस्ताङलगायतका क्षेत्रमा भ्रमण गर्ने र सदरमुकाम बेनीमा केही पसल अनुगमन गरेपनि प्रभावकारी हुन सकेको छैन ।
This Page Total Views:
3,310