
“ङोल्स्यो म्हिथेबा” को कभर नृत्य बिजेता घोषणा माघ १ गते
पोखरा – गीत गायक तथा नृत्य निर्देशक राजबहादुर गुरुङको पहिलो गीति कोसेली ङोल्स्यो म्हिथेबाको कभर नृत्य बिजेता को घोषणा यहि माघ १ गते हुने भएको छ । सुपर युनिक फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण भएको गीत गायक तथा नृत्य निर्देशक राजबहादुर गुरुङको पहिलो गीति कोसेली हो । गत साउन ३ गते बिमोचन गरिएको उक्त गीतको कभर नृत्य प्रतियोगिता पनि घोषणा गरिएको थियो। बेलायत निवासी के.बि. गुरुङको शब्द र मनोज गुरुङको संगीत र तेजेन्द्र गुरुङको म्युजिक एरेन्ज रहेको गीतमा राजबहादुर गुरुङ र मिलन नेवारको स्वर भरेका छन।
प्रतियोगितामा प्रगती चोक आमा समुह पोखरा २७ रिठेपानी, ताङतिङ दुध पोखरी तमू समाज पोखरा, ईन्द्रेणी युवा क्लब मस्र्यास्दी गाउँपालिका ७ नयाँगाउँ लमजुङ, क्रियाटिभ युवा क्लब मध्य नेपाल ८ डडुवा दुर्छा लमजुङ, दुर्गा बहुउदेशिया समाज पोखरा २७ रिठेपानी, भुजुङ यजम्रो डान्स ग्रुप पोखरा, भुजुङ युम्पो तमू समाज पोखरा, छापा नाच परिवार याङ्जाकोट कास्की, पसगाउँ तमू समाज पोखरा, पैयुखोला तमू समाज पोखरा र अमेरिकाको एउटा समुह गरी जम्मा ११ समुहले भाग लिएका छन ।
बिजेता समुहले नगद ८० हजार र उप–बिजेता समुहले नगद ४० हजार पुरस्कार प्राप्त गर्ने गायक राजबहादुर गुरुङले बताए ।उनले बिजेता समुहको नाम माघ १ गते साँझ ५ बजे स्ट्रिम नेपालको फेसबुक पेजमा प्रत्यक्ष प्रशारण गरिने र पुरस्कार माघ २६ गते पोखरामा एक भव्य कार्यक्रमका बीच वितरण गरिने जनाए ।