घिरिङ पोखरा सम्पर्क मञ्चको पहिलो बृहत् भेला पोखरामा
आज घिरिङ पोखरा सम्पर्क मञ्चको पहिलो बृहत् भेला पोखरामा सम्पन्न भएको छ।
तनहुँ घिरिङ गाउँपालिका भई हाल पोखरामा विभिन्न पेशा व्यवसाय र स्थायी रुपमा बसोवास गर्दै आइरहेका व्यक्तित्वहरुले गठन गरेको मञ्चको आगामी कार्ययोजना बनाउन भेला डाकिएको थियो।
प्रमुख अतिथी घिरिङ गाउँपालिकाका उपाध्यक्ष जनप्रतिनिधि सरस्वती सिग्देलले घिरिङ घर भई हाल पोखरामा छरिएर रहेका घिरिङ वासीलाई एक जुट गराउन गरेको प्रयासलाई शुभकामना दिए।

भेलामा बोल्दै अधिकाश सल्लाहकार ज्युहरुले गाउँवासीमा पोखरा बजारमा भईपरी आउने समस्याहरुमा मञ्च एकै ठाउमा उभिनु पर्ने आवश्यकता रहेको बताए।
यसै गरी अध्यक्ष मन ब आले मगरले हाल सम्म घिरिङबाट पोखरामा बसोबास गरेका २५० बढी घरधुरीले मञ्चमा आवद्द रहेको र अझै आउने क्रम जारी रहेको बताए।
घिरिङ पोखरा सम्पर्क मञ्चका अध्यक्ष मन ब आले मगरको अध्यक्षमा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष जिवन प्रकाश श्रेष्ठ ,सचिव यमसरी थापा मगर ,सल्लाहकार राजु श्रेष्ठ,कोषाध्यक्ष चन्द्र बहादुर थापा, गाबिस पुर्व अध्यक्ष होम बहादुर थापा मगर लगाएतले शुभकामना मन्तव्य राखेका थिए।

गत कार्तिक ४ गतेको भेलाले अध्यक्षमा मन ब आले, बरिष्ठ उपाध्यक्षमा जिवन प्रकाश श्रेष्ठ उपाध्यक्षमा राम कु श्रेष्ठ सचिवमा यम सरी थापा मगर,सहसचिब झक बिर थापा मगर,कोषाध्यक्ष चन्द्रबिर थापा मगर सदस्यहरुमा लक्ष्मी श्रेष्ठ,बिर ब राना मगर,अति माया थापमगर,प्रर्थी माया आले मगर रहेका छन। यसै गरी सल्लाहकारहरुमा मन ब राना मगर,तारामाया थापा मगर, भक्त बहादुर थापा मगर,टिका राज आले मगर,कृष्ण राज राना मगर र राजु श्रेष्ठ चयन गरी मञ्च सक्रिय छन।
This Page Total Views:
1,344